म्याग्दीको भूरुङ तातोपानीमा भिषण पहिरो, तीन घर पुरिए

फाइल फोटो
पर्वत/ अविरल बर्षा सँगै भूरुङडाँडाबाट खसेको पहिरोले म्याग्दीको भुरुङ तातोपानी बजारका तीन घर पुरेको छ । आइतबार दिउँसो करिव ४ बजेको समयमा आएको पहिरोले म्याग्दी अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका ३ घर पूर्ण रुपमा पुरेको हो । घटनास्थलबाट प्राप्त जानकारी अनुसार माटो र पानीको लेदो सँगै करिव ५ सय मिटरबाट झरेको पहिरोले स्थानीय बालकृष्ण मिजार, पूर्ण क्षेत्री र ढावा शेर्पाको घर पुरेको छ भने अन्य केही घरहरुमा पनि क्षति पु¥याएको छ । पहिरो जानु अघि सामान्य लेदो बगेका कारण स्थानीयबासीहरुले थाहा पाएपछि मानवीय क्षति भने हुन पाएको छैन । पहिरोका कारण बेनी जोमसोम सडक खण्ड पनि अबरुद्ध छ । उद्धार कार्यका लागि घटना स्थलमा स्थानीयबासी सहित नेपाली सेनाको त्रिबक्स क्याम्प र नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।