ओलीले सदनमा भने -राष्ट्रहित डगमगाएको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणमा राष्ट्रहित विपरित कुनै पनि कार्य नभएको र नेपालको स्वाधीनतालाई सर्वोपरी राखेको प्रष्ट्याएका छन् ।

उनले मित्रता कुनै पनि सम्झौता, सहमतिभन्दा माथि भएको बताउँदै दुवै देशको हित र सार्वभौमिकताको जगेर्ना गरिएको प्रष्ट पारेका हुन् । तीन वर्षअघिको तनावपूर्ण सम्बन्धलाई कहिल्यै नाकबन्दी नहुने तहमा पुर्याएको जिकिर उनले गरे ।

प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा यसअघि सदनलाई अवगत गराइसकेको बताउँदै जनताले देशभक्तिको सजगता प्रदर्शन गरेको भन्दै उच्च प्रशंसा गरे । “सरकारलाई गल्ती नहोस्, कमीकमजोरी नहोस्, कमी नदोहोरियोस्, चुक्ने काम नहोस्, विगतका कमी नदोहोरोरियोस् भनेर सबै तहबाट सजग गराइयो । यसले सार्वभौमिकता, भौगोलिक अखण्डतालाई बलियो बनाएको छ,” उनको जिकिर थियो ।

ad ad
यसप्रकारको लगातार खबरदारी आममानिसको गहन चासो र चिन्ता भएको रूपमा बुझेको उनको प्रष्टोक्ति थियो । भ्रमणपूर्व प्रमुख नेता, पूर्वप्रधानमन्त्री, विपक्षी, परराष्ट्रविज्ञसँग छलफल गरेर सुझाव लिएको बताउँदै उनले सबै तहबाट राष्ट्रिय हित, सन्तुलित सम्बन्धको पक्षमा सम्बन्धलाई सुमधुर, सुदृढ बनाइयोस् र अघि बढाइयोस् भन्ने नै आएको सदनलाई जवाफ दिए ।

उनले जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्दनका क्रममा दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले कूटनीतिक अपरिपक्वता प्रदर्शन गरेको बताउँदै पराराष्ट्र मामिला केन्द्र सरकारकै मातहत रहने भएकाले नेपाल सरकारको परराष्ट्र नीति त्यो नभएको प्रष्ट्याए ।

नेपाल–भारतबीचको मैत्री सम्बन्ध नयाँ उचाइमा पुर्याएको तथा बराबरीको मान्यता र मित्रता अभिवृद्धिमा नयाँ आयाम थपिएको उनले जिकिर गरे । नेपाल– भारत सम्बन्ध पुरानो सोचभन्दा भिन्न दिशामा अघि बढेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले वैदेशिक सम्बन्ध आ–आफ्नो हिसाबले सञ्चालन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे । सन्धी–सम्झौतामा केही कुरा तलमाथि परेको भए आफू जिम्मा लिन तयार रहेको उद्घोषसमेत उनले गरे ।

उनले नेपाल–भारतबीच भएका सन्धी–सम्झौता आगामी सेप्टेम्बरसम्ममा पूरा गर्ने समझदारी भएको जानकारी दिए । “संविधान दिवसलाई आधार दिवस मानेर कार्यान्वयन गर्ने सहमति भएको छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले केही दिनभित्रै दुवै देशका कृषिमन्त्रीको बैठक बसेर कृषि क्षेत्रमा कहाँ के गर्न सकिन्छ, त्यसबारेमा योजना बनाउने र कार्यान्वयन गर्ने सहमति भएको जाकनारी दिए । त्यस्तै काठमाडौँ–रक्सौल रेल्वेका लागि प्राविधिक सर्भेक्षण गर्ने र छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुने विश्वास उनले व्यक्त गरे । यो परियोजना भारतकै लगानी हुने उनको प्रष्टोक्ति थियो ।
त्यस्तै, जलमार्ग सञ्चालन गर्न प्राविधिकहरूको कार्यदल बनाएर काम गर्ने सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिए । भारतसँगको व्यापारघाटा कम गर्ने नेपाल–भारत संयुक्त आयोगको बैठक बस्ने, आर्थिक विकाससम्बन्धी तीन महिनाभित्र व्यापार–सन्धी पुनरावलकोन गरिने, चिया, अदुवा, जुट, अलैँची निकासीमा देखिएका समस्या अविलम्ब समाधान गर्न भारत सहमत रहेको उनको भनाइ थियो ।

त्यस्तै नेपालगञ्ज, भैरहवा, विराटनगर आदि थप चार ठाउँबाट हवाइ इन्ट्री रुट दिन भारतसँग अनुरोध गरिएको र त्यसको सम्भाव्यताबारे सेप्टेम्बरभित्रै अध्ययन गरिने उनले बताए ।

वर्षात्को समयमा सीमावर्ती क्षेत्र, तराई–मधेसमा हुने डुवानको समस्या न्यूनीकरण गर्न भारत तयार रहेको र वर्षाअगावै कल्भर्ट बनाउने र निकास खोल्ने विषयमा समझदारी भएको उनले प्रष्ट्याए । ऊर्जा व्यापार–सन्धी पुनरावलोकनका लागि भारतसँग अनुरोध गरिएको उनको भनाइ थियो ।

त्यस्तै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा शुक्रबार ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको शुभारम्भ गरिएको र आगामी चार वर्षभित्र प्रशारण लाइन र पाँच वर्षभित्र परियोजना सक्ने समझदारी भएको बताए । त्यस्तै धनुषाधाम,–जनकपुर–वाल्मिकी कुण्ड रामायण सर्किटमा जोडिएको र अयोध्या–जनकपुर सीधा बससेवा सुरु गरिएको सदनलाई जानकारी गराए ।
त्यस्तै, अघिल्लो कार्यकालमा नै गठन गरिएको नोपल–भारत प्रवुद्ध समूहले पुराना सन्धी–सम्झौताबारे पुनरावलोकनको काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी जुलाइसम्ममा त्यसले काम सक्ने प्रष्ट्याए । सन् १९५० को सन्धीको कुनै उपादेयता नरहेको र त्यो असमान सन्धी खारेज गर्नुपर्ने धारणा समूहले राखेको उनले बताए ।

पञ्चेश्वर परियोजना, महाकाली नदीमा तीनवटा पुल बनाउने, महेन्द्र राजमार्गसँग भारतको राजमार्ग जोड्ने, ऊर्जा बैंकको स्थापना, बुटवल–गोरखपुर प्रशारणलाइन बनाउने, हुलाकी राजमार्ग यथाशीघ्र सम्पन्न गर्ने, सीमा सुरक्षा व्यवस्थित गर्ने, जुट, ग्याल बुलेट, औषधिका समस्या समाधान गर्ने विषय पनि भ्रमणका क्रममा उठाइएको प्रधानमन्त्रीले प्रष्ट पारे ।

मेडिकल शिक्षामा देखिएको असमानता र नेपाली विद्यार्थीले मेडिकल शिक्षामा समकक्षता प्राप्त गर्न कठिनाइ पाइरहेको विषय पनि उठाइएको उनले बताए । भारतीय नोट सटहीमा देखिएको समस्याबारे भारतीय प्रधानमन्त्रीलाई अवगत गराए पनि ठोस जवाफ नपाएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’