कुकुरले मालिकलाई गोली हानेपछि..

कुकुरसँगै खेल्दै गरेका एक व्यक्ति गोली लागि घाइते भएका छन्।खेल्दै गर्दा कुकुरले पेस्तोलको बटन थिचेर गोली हानेको हो।उनको अस्पतालमा उपचार भइरहेको छ।

यो घटना अमेरिकाको हो।अमेरिकाको लोआ भन्ने ठाउँमा कुकुरले हानेको गोलीबाट मालिक घाइते भएको समाचारले निकै चर्चा पाएको छ।

अमेरिकाको फोर्ट ब्रीजमा बस्दै आएका रिचमण्ड रेमेम्बर्सलाई कुकुरले गोली हानी घाइते बनाएको हो। ‘बेल्टमा पेस्तोल राखेको थिएँ, तालिम दिनेक्रममा कुकुर काखमा बस्न आयो, पेस्तोलको बटन दबाएपछि मलाई गोली लाग्यो,’ उनले भने, ‘कम्मरमा पेस्तोल थियो, कुकुर काखमा बस्न आउँदा उसको खुट्टाले पेस्तोलको बटन थिचेपछि गोली खुट्टामा लागेको हो।’सिटी पुलिसका प्रमुख रोजर पोर्टरले भने यो घटना नयाँ भएको बताएका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’