प्यूठानमा रात्री बस दुर्घटनाः ५ शव निकालियो, २० जनाको उपचार हुँदै, १२ जना गम्भीर

प्यूठान । प्यूठानमा रात्री बस दुर्घटना हुँदा ५ जनाको दुर्घटनास्थलमै ज्यान गएको छ ।  महेन्द्रनगरबाट प्यूठानको खलंगा जाँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस सरुमारानी गाउँपालिका ४ पाकुरीखोलामा दुर्घटना भएको हो । बड्डाँडाबाट २ किमि उत्तरमा हेडलाइट र स्टार्ट बन्द भएपछि बस दुर्घटना भएको घाइतेले समाचारपत्रलाई बताएका छन ।

बस विहान २ बजेतिर सडकबाट २ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनास्थलबाट अहिले सम्म ५ जनाको शव फेला परेको छ । चालक वीरबहादुर चौधरीको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । घाईते २० जना मध्ये ४ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।  १६ जनाको जिल्ला अस्पताल प्यूठानमा उपचार भइरहेको छ । १२ जनाको अवस्था lचन्तजनक रहेको प्रहरीको भनाई छ । अहिले पनि उद्धार कार्य जारी छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’