प्रदेश सभामुख अधिकारीलाई महराद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं/संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।

महराले ललितपुरको भैंसेपाटीमा रहेको मेडिसिटी हस्पिटल पुगेर प्रदेश सभामुख अधिकारीको स्वास्थ्य अवस्था बुझ्नुभएको हो । शौचालयमा लडेर घाइते हुनुभएका प्रदेश सभामुख अधिकारीलाई महराले स्वास्थ्य लाभको कामना गर्नुभयो ।

डाक्टरहरुले खतरामुक्त भएको बताएको भन्दै अधिकारीलाई महराले आफूहरु साथमा रहेको भन्दै नआत्तिन आग्रह गर्नुभयो । उपचारमा सक्रिय डाक्टरहरुले अधिकारी खतरामुक्त रहेको र उपचार चलिरहेको सभामुख महरालाई बताएका थिए ।

सभामुख महराले अधिकारीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको छ । सभामुख महरासँगै उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि अस्पताल पुग्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’