मुक्तिनाथमा पूजापाठ गरेर मोदी फर्किए

मुस्ताङ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिरमा पूजापाठ  गरेर फर्किएका छन्। शनिबार बिहानै मन्दिरमा पूजापाठ गरेर मोदी यहाँबाट हिँडेका हुन्।  मोदीलाई स्वागत गर्न संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुक्तिनाथ परिसरमा शनिबार बिहानै पुगेका थिए।

पर्यटनमन्त्री र प्रदेश ४ का मुख्यमन्त्रीले स्वागत गरेपछि मोदी पैदलै मन्दिर प्रवेश गरेका हुन्। मन्दिरको गेटमा पनि उनलाई विशेष स्वागतको व्यवस्था गरिएको थियो।

मोदीको स्वागतमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबका पदाधिकारीले मोदी अवतरण गर्ने हेलिप्याडदेखि मन्दिर प्रवेशद्वारसम्म ६ वटा गेट निर्माण गरेको  गरेको थियो। गेटमा स्थानीय निकायको स्वागतसँगै मोदी मन्दिर परिसरमा पुगेका थिए।

भ्रमणपछि मोदीलाई प्रदेश चारका मुख्यमन्त्री र पर्यटनमन्त्रीलगायत स्थानीय जनप्रतिनिधिले मुक्तिनाथ मन्दिर परिसरमै विशेष उपहार प्रदान गरे। मुक्तिनाथको दर्शनपछि मोदीले मन्दिर परिसरमा घुमेर मन्दिरको अवस्थाबारे जानकारी समेत लिएका छन्।

नेपाल भ्रमणको दोस्रो दिन बिहानै मोदी मुक्तिनाथको दर्शन गर्न पुगेका हुन्। मोदी राजधानी काठमाडौंबाट बिहानै मुक्तिनाथ आइपुगेका हुन्।  मोदीको मुक्तिनाथ दर्शनलाई लिएर बेनी–जोमसोम सडकखण्ड र मनाङसँग सीमा जोडिएको थोराङला पास शनिबार मध्याह्न १२ बजेसम्मलाई बन्द गरिएको छ। शुक्रबार दिउँसोदेखि मुक्तिनाथ क्षेत्रका होटलमा नेपाली सेनाको विशेष टोलीले सर्च गरेको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’