गर्मी बढेसंगै अस्पतालमा भाइरलका बिरामी बढे

पर्वत ।केही दिन यता गर्मी बढे संगै पर्वत जिल्ला अस्पतालमा भाईरलका बिरामी बढ्न थालेका छन ।
गर्मीकै कारण भाइरल र ज्वरोका बिरामी उच्च दरमा बढेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन ।

अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक सातादेखि तेब्बरको संख्यामा वृद्धि भएका छन् । त्यसमध्ये अधिकांश भाइरलका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार केही समय अघिको तुलनामा यतिबेला तेब्बरको संख्यामा भाइरलका बिरामी बढेको बताइएको छ । भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको जिल्ला अस्पताल पर्बतका डाक्टर बिनित थापाले बताउनुभयो ।

उहाका अनुसार बालबालिकासँगै वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको हो । पन्ध्र शैयाको क्षमता रहेको अस्पतालमा बिरामीको चाप अझै बढे वैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गर्नपर्ने अबस्था आउने उहाले बताउनुभयो । गाउँगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइएको छ ।

अत्यधिक गर्मी, दूषित पानी र खानपिनमा सावधानी नअपनाउँदा जिल्लामा बिरामीको संख्या बढिरहेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी र छालाका बिरामी बढ्न थालेका हुन् । जिल्ला अस्पतालसँगै पर्वतका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो ।

जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाका अनुसार दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको पाईएको हो । यसबाट बच्न दूषित खाना र खानेपानी प्रयोग नगर्ने र कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिएको डाक्टर थापाले बताउनुभयो ।

जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमा समेत भाइरलका बिरामीको संख्या बढेको जनाएका छन् । शुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउ आउने र उच्च ज्वरो आएर परिक्षण गर्न आउने बिरामीको संख्या बढेको हो ।

लगातार टाउको दुख्ने, खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउँ आउने, उच्च ज्वरो लगायतका लक्षण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न डा थापाले सुझाव दिनुभएको छ । उहाँले यस्ता संक्रमण एकजना मानिसबाट अर्काे मानिसमा सजिलै सर्ने हँुदा बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’