प्रदेश चारका सभामुख अधिकारीलाई काठमाण्डौ लगियो, मेडिसिटी अस्पतालमा भर्ना
पर्वत /बाथरुममा लडेर गम्भीर घाईते भएका प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । अधिकारीलाई काठमाण्डौको भैसेपाटी स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
अधिकारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको माओबादी केन्द्रका कुस्मा नगर संयोजक शंकर गिरीले जानकारी दिए । शुक्रबार दिउँसो ४ बजे बाथरुपमा लडेर घाइते भएका अधिकारीकोे टाउकोमा रगत जमेको छ ।
सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पु¥याएका थिए । मेट्रोसिटीबाट थप उपचारका लागि हेलिकप्टोरबाट काठमाडौं लैजान खोजिएको थियो । तर हेलिकप्टरको तत्काल व्यवस्था नभएपछि सभामुख अधिकारीलाई मनिपालमा उपचार भएको गरिएको थियो । धेरै दिन देखि युरिक एसिड बढेर खुट्टा दुखेको बताएका अधिकारी अकस्मात बाथरुममा लडेका थिए । अधिकारीको स्वास्थ्य खतरा भन्दा बाहिर रहेको गिरीले जानकारी दिए ।