मोदी मुक्तिनाथमा
मुस्ताङ – नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर दर्शन तथा पूजा अर्चना गरेका छन् ।
मुक्तिनाथ दर्शनका लागि मोदी आज बिहान हेलिकप्टरमार्फत मुस्ताङ प्रसथान गरेका थिए । मुक्तिनाथ वरपरको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ ।
मोदीलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुण्ले स्वागत गरेका छन् । मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन्।
मुस्ताङमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको प्रहरीले जनाएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ ।