प्रधानमन्त्री अाेली भन्छन्- ‘नेपाल-भारतको सम्बन्ध सानातिना घटनाले प्रभावित हुनु हुँदैन’
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालले २१ औँ शताब्दीको रुपमा वास्तविकताका आधारमा सम्बन्ध राख्न चाहेको दोहो¥याउनु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र नीति छिमेक नीतिमा आधारित रहेको भन्दै नेपाल–भारतको सम्बन्ध सानातिना घटनाले प्रभावित हुन नहुने बताउनु भएको हो । नेपाल र भारत दुई स्वतन्त्र र अन्तरनिर्भर राष्ट्र रहेको भन्दै उहाँले समानताका आधारमा सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो ।
नोटबन्दी, कृषि र जलमार्ग निर्माणबारे समकक्षी मोदीसँग छलफल भएको जानकारी दिनुभएका प्रधानमन्त्री ओलीले जलमार्गको सम्भावना अध्ययनका लागि भारतले छिट्टै प्राविधिक टोली पठाउने, बाढीपीडितको समस्या समाधानका लागि दुई देशको कार्यदल खटाउने समझदारी भएको पनि उल्लेख गर्नुभयो । नेपालका लागि थप हवाइ रुट उपलब्ध गराउन आग्रह गरिएको उहाँको भनाइ थियो ।
यस्तै, भारतीय प्रधानमन्त्रीले मोदीले नेपाल–भारत सम्बन्ध अत्यन्तै सुदृढ रहेको र त्यसलाई समृद्धिसँग जोड्नु पर्ने बताउनु भएको थियो । विद्यमान समस्या समाधान गरी अगाडि बढ्नु पर्नेमा जोड दिनुभएका मोदीले नेपाललाई रेल र जलमार्गमा जोड्न तथा जलस्रोत, कृषि, पूर्वाधार र पर्यटन विकासमा सघाउने प्रतिवद्धता दोहो¥याउनु भएको थियो ।
यसैबीच, दुई प्रधानमन्त्रीले तीन दशकदेखि चर्चामा रहेर पनि राजनीतिक कारणले पछाडि धकेलिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् । आयोजनास्थल संखुवासभाबाट प्रत्यक्ष प्रसारण हेर्दै प्रधानमन्त्रीद्वयले स्वीच थिचेर आयोजनाको शिलान्यास गरेका हुन् ।
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले निर्माणको जिम्मा पाएको १० वर्षपछि आयोजना शिलान्यास गरिएको हो । बुट प्रणालीमा बन्न लागेको आयोजना वित्तीय व्यवस्थापन भएको पाँच वर्षमा पूरा गर्नु पर्ने छ । १ खर्ब ४ अर्ब अनुमानित लागत भएको परियोजनाको वित्तीय व्यवस्थापन भइसकेको छैन । आयोजना बनेपछि नेपाल १९७ मेगावाट बिजुली पाउनेछ भने बाँकी बिजुली निर्यात हुनेछ । सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।