प्रदेश चारका सभामुख अधिकारी बाथरुममा लडेपछि गम्भीर घाइते, आइसियुमा उपचार हुँदै
पोखरा बाथरुममा लडेर गम्भीर घाईते भएका प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी अस्पताल भर्ना भएका छन् । उनको मनिपाल शिक्षण अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । दिउँसो ४ बजे बाथरुपमा लडेर भर्ना भएका अधिकारीकोे टाउकोमा रगत जमेको अस्पतालले जानकारी दिएको ।
सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पु¥याएका थिए । मेट्रोसिटीबाट थप उपचारका लागि हेलिकप्टोरबाट काठमाडौं न्युरो अस्पताल लैजान खोजिएको थियो । तर हेलिकप्टरको तत्काल व्यवस्था नभएपछि सभामुख अधिकारीलाई मनिपाल पु¥याइएको हो । धेरै दिन देखि युरिक एसिड बढेर खुट्टा दुखेको बताएका अधिकारी अकस्मात बाथरुममा लडेपनि अहिले स्वास्थ्य अवस्था स्थिर रहेको भर्खर मणिपाल अस्पतालबाट फर्केका प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री बिकास लम्सालले जानकारी दिए । आफुँले कुराकानी गरेर फर्केको मन्त्री लम्सालले बताए ।
सभाुमख अधिकारीलाई शनिबार काठमाडौं लैजाने बताइएको छ । सभाुमख अधिकारी अहिले होस्मै छन् र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।