बागलुङबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १५ घाइते

पर्वत /पर्वतको कुश्मा नगरपालिका ७ दोविल्लामा शुक्रबार दिउँसो यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु मध्ये १५ जना यात्रु घाइते भएका छन् ।


बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको ना ३ ख ७७४० नम्बरको यात्रुबहाक बस पोखरा बागलुङ राजमार्गको दोविल्ला खण्डमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी घाइते हुनेहरुमा अधिकांश बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाका यात्रुहरु रहेका छन् भने कास्की, तनहुँ, पर्वत लगायतका यात्रुपनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


घाइते सवैजनाको घटनास्थलबाट उद्धार गरी पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको टाउको, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेपनि खासै गम्भिर नरहेको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।
सडकमा विपरित दिशाबाट आइरहेको ट्याक्सीलाई उछिन्न खोज्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । बस सडकबाट करिव २० मिटर तल खसेको छ । बसका चालक फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’