प्रर्दशन अगावै कुश्मामा लम्फूको च्यारिटि शो -सिनेमा हल खचाखच


पर्वत /वैशाख २८ गते रिलिजको तयारीमा रहेको चलचित्र लम्फूको वैशाख २६ गते नै कुश्मामा च्यारिटि शो मार्फत प्रदर्शन गरिएको छ । पर्वत मिलन क्बल नामक संस्थाले लम्फूको पहिलो च्यारिटि शो प्रदर्शन गरेको हो । विपदमा परेकाहरुलाई सहयोग र सामाजिक कार्यका लागि क्लबले फिल्मको च्यारिटि शो प्रदर्शन गरिएको क्लबले जनाएको छ ।

चलचित्रका निर्देशक लामिछाने संस्थापक अध्यक्ष रहेको उक्त क्लबले चलचित्रको च्यारिटि शो प्रदर्शन गरेका हो । पर्वतको कुश्मामा अधिकाश भाग छायांकन गरिएको चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ ।शहर उन्मुख बजारको वरपरको कथावस्तुबाट शुरुवात गरिएको चलचित्र अन्ततः आधुनिक समाजको कथाबाट समापन हुन्छ । चलचित्रमा एउटा निम्न बर्गिय परिवारबाट हुर्केको युवाले जीवनमा भोग्नु परेका थुप्रै खालका चुनौति र समस्याहरुलाई चित्रण गर्न खोजीएको छ ।  सामाजिक जीवनमा आधारित कथा वस्तुमा सलोन बस्नेत, मरिष्का पोख्रेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुसुम श्रेष्ठको मुख्य भूमिका छ ।

चलचित्र हेरेपछि दर्शकले यथार्थपरक सामाजिक जीवनका घटनाहरु चलचित्रमा समावेश गरिएको प्रतिक्रिया दिए । हाँसो र रोदन दुवै पक्षहरु चलचित्रमा समेटिएको छ । भूपतिको लेखन रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ । निर्मात्री पूनम गौतमले यो चलचित्रमा कस्ट्यूम डिजाइन गरेकी छिन् । पपलुर मिडियाको प्रस्तुतीमा तयार भएको चलचित्रको निर्माता शक्ति बल्दभ घोरासैनी हुन् भने अर्जुन पोखरेलले चलचित्रमा संगीत दिएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’