पर्वत उद्योग बाणिज्य संघले पुर्णता पायो, पदाधिकारी र सदस्य थपिए
पर्वत/ निर्वाचन भएको झण्डै दुई महिनापछि पर्वत उद्योग बाणिज्य संघले पुर्णता पाएको छ ।
संघको १६ अधिबेशनबाट निर्वाचित कार्यसमितिको बिहीबार बिहान बसेको बैठकले पदाधिकारी र रिक्त सदस्य मनोनित गरेको हो ।
संघको तीन जना सदस्य पदमा गोपी अधिकारी, खड्गप्रसाद खनाल र डाँसीराम अधिकारीलाई मनोनित गरिएको छ । बैठकले बरिष्ठ उपाध्यक्षमा गोपी अधिकारी, उद्योग उपाध्यक्षमा ठाकुर बि पौडेल, बाणिज्य उपाध्यक्षमा कमल जिसी, महासचिबमा गणेश लामिछाने, कोषाध्यक्षमा रमेश शर्मा लामिछाने र सचिबमा तिला गिरी कृष्ण लाई जिम्बेवारी दिएको छ । संघको सम्मानित पद मानार्थ सदस्यमा देब शर्मा पौडेल चयन भएका छन भने कार्य सम्पादन समिति सदस्यको जिम्बेवारी सुनिल भुसालले प्राप्त गरेका छन । संघको सर्वसम्मत रुपमा चुनिने मानार्थ सदस्य बन्ने देब शर्मा पौडेल चौथो ब्यक्ति हुन ।
नयाँ कार्यसमितिका लागि गएको चैत्र ३ गते निर्वाचन भएको थियो । अध्यक्ष सहित २३ सदस्य पदमा भएको निर्वाचनमा केदारनाथ शर्माको प्यानल सबैजसो पदमा बिजय हासिल गरेको थियो ।