नाकाबन्दी अपराध हो मिस्टर मोदी !

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एउटा विषय ट्रेन्डिङ भएको छ । मधेस आन्दोलनका बेला भारतले गरेको ६ महिना लामो नाकाबन्दी सम्झिँदै समाजिक सञ्जालमा यतिबेला ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङ भइरहेको छ ।

‘देशलाई नै उथलपुथल पार्ने भूकम्प भुलिन्छ । तर हाम्रो स्वाभिमानमा धक्का पु¥याउने तिम्रो नाकाबन्दी भुल्न सकिन्न,’ एक ट्विटेले ट्विट गरेका छन् । नाकाबन्दीका बेला भाइरल बनेका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई विरोध जनाइरहेका छन् ।

सबैभन्दा बढी मोदीलाई गरिने नागरिक अभिनन्दनको विरोध भइरहेको छ । ‘महामहिम नरेन्द्र मोदीलाई नेपाली, मैथिली, हिन्दी र अंग्रेजीमा अभिनन्दन गर्ने रे, यी चारवटै भाषामा नाकाबन्दी अपराध थियो । #BlockadeWasCrimeMrModi सुनाइदिनुहोला । नबुझे नेपालीले अरु भाषामा बताउँछन् । नेपाल र नेपालीप्रति सद्भाव राख्ने भारतीयमा नमन,’ विकास थपलियाले ट्विट गरेका टन् ।

मोदी भ्रमणको पूर्वसन्ध्यामा गरिएका पिच सडकलाई लिएर पनि सामाजिक सञ्जालमा केपी शर्मा ओलीको विरोध गरेका छन् । ‘नेपाली जनताले धुँवा धुलो खान हुने, मोदीलाई देखाउन लाज लाग्ने’ भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’