निजामती कर्मचारी, उमेर ढाँट्दै जागिर खाँदै

काठमाडौं /उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ।

अनिवार्य अवकाशको मिति ढाँटेर चार पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी कारवाहीमा परेका छन्।

सेवा अवधिभन्दा बढी जागिर खाएका त्यस्ता कर्मचारीबाट एक करोड ४० लाख रुपैयाँ असुल उपर गरिएको निजामती किताबखानाकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन्। ढाँटेर जागिर खाइरहेको सूचनाका आधारमा किताबखानाले भिजिलेन्स (गम्भीरतापूर्पक फाइल केलाउने) अभियान सञ्चालन गर्दा ती कर्मचारी फेला परेका हुन्। त्यस्ता कर्मचारीबाट किताबखानाले हालसम्म लिएको सम्पूर्ण तलब, सुविधा र भत्ता जफत गर्दै पेन्सन पट्टा रोक्का गरेको छ। हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन्।

उनीहरूको अनिवार्य अवकाशको उमेर ५८ वर्ष हो। ‘अब ढाँटेर जागिर खाने दुष्प्रयास कसैले नगरे हुन्छ। भिजिलेन्स अभियानलाई आक्रामक बनाएका छौं। छानबिन गरी त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याइनेछ’, किताबखानाकी महानिर्देशक भट्टराईले भनिन्। एकै कर्मचारीबाट १५ लाख रुपैयाँसम्म जफत गएिको छ। सेवा निवृत्त भइसकेपछि पनि जागिर खाइरहेका कर्मचारीले राज्यकोषबाट एक लाखदेखि १५ लाख रुपैयाँसम्म बुझेका छन्। किताबखानाका कर्मचारीको मिलेमतो तथा राजनीतिक पहुँचका आधारमा सेवा निवृत्त कर्मचारीले ढाँटेर बढी समय जागिर खाने गरेका थिए। कतिपयले उमेर बढाएर थप अवधि जागिर खाएका थिए। किताबखानामा सुधार भइसकेकाले अब विगतमा जस्तो कुनै प्रकारको त्रुटि नदोहोरिने भट्टराईले दाबी गरिन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’