जब एउटै प्रेमीसँग भागे दुईजना युवती

प्रेममा मान्छे अन्धो हुन्छ भनिन्छ । सायद त्यहीँ भएर होला दुईजना युवतीहरु एउटै प्रेमीसँग भाग्न तयार भए । यो मामिला तबमात्र बाहिर आयो, जब त्यो प्रेमीले केही समयको मस्तीपछि दुईमध्ये एक प्रेमिकालाई रेलभित्रै छाडिदियो । अनि रेलभित्रै एउटा अनौठो त्रिकोणीय प्रेमकहानीको अन्त्य भयो ।

घटना भारतको छत्तिसगढको हो । रायगढमा बस्ने एकजना युवकले एकसाथ दुईजना युवतीलाई आफ्नो प्रेमजालमा फसाए र दुवैलाई आफूसँगै लिएर भाग्यो ।

दुईवटै प्रेमिकालाई विभिन्न ठाउँमा घुमाएर मस्ती गरेपछि उक्त युवकले छल गर्यो । दुईमध्ये एकजना प्रेमिकालाई रेलमा चढाइदियो र आफू एकजना प्रेमिका लिएर सुइँकुच्चा ठोक्यो ।

प्रेमीले आफूलाई धोका दिएपछि ती छाडिएकी युवतीले स्थानीय पुलिस चौकीमा उजुरी गरिन् ।

युवकले दुई प्रेमिकालाई पहिले दिल्ली र पछि झारखण्डको टाटा नगर पर्यायाे । त्यसपछि एकजना प्रेमिकालाई उत्कल एक्सप्रेसको रेलमा चढाएर आफू केही बेरमा आउने भनी बाहिर निस्कियो । अनि त्यहीँ बेलामा अर्की प्रेमिकालाई च्याँपेर भागेको थियो ।

प्रेमीले रेलभित्र एक्लै छाडेको धेरै बेरसम्म पनि प्रेमी नआएपछि ती युवती आत्तिइन् । अझ रेल गुड्न थालेपछि त उनको होस नै उड्यो र रुन थालिन् । उनी रोएपछि रेलका यात्रुहरुले सोधपुछ गरे । उनले सबै कुरा बताएपछि उनलाई रेलबाट बाहिर निकालेर पुलिसको जिम्मा लगाइयो । पुलिसले उनलाई आफ्ना आफन्तको जिम्मा लगाएको छ ।

दुईवटी प्रेमिका बनाएर भगाउने उक्त युवक कामको खोजीमा रहेको वेरोजगार युवक भएको बताइएको छ । ऊ एकजना प्रेमिकासँगै फरार छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’