नेता ठेकेदार बनेपछि सडकको अवस्था दयनिय

नुवाकोट । निर्माण कम्पनीको लापरवाहीका कारण नुवाकोटको ओखर पौवा कोल्पु सडक र मनकामना फिकुरे भाल्चे सडकको स्तर बृद्धिको काम अलपत्र परेको छ ।
सडक डिभिजन कार्यालय नुवाकोटबाट मनकामना फिकुरे भाल्चेसम्मको २० किलोमिटर सडक खण्डको स्तरबृद्धि गरी कालोपत्रे गर्नुपर्ने भएपनि अहिलेसम्म सडकको अवस्था यस्तो छ ।

निमार्ण कम्पनी आशिष लोहनी सुुर्यचन्द्र जेभीले १९ करोड ४६ लाखमा गत असारसम्म निर्माण सम्पन्न गर्ने गरी २०७२ सालमा जिम्मा लिएको थियो । तर म्याद सकिएपनि सडकको काम भने जस्ताको त्यस्तै छ । म्याद थप गर्नका लागि अहिले दैनिक २÷३ जना मजदुर मात्रै निर्माण स्थलमा देखिन्छन् ।

सडक डिभिजनबाट ४ करोड बजेट भने निकासा भैसकेको छ । यस्तै ओखर पौवा कोल्पु कुमरी नमुना जोड्ने १७ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । सोही निमार्ण कम्पनीले जिम्मा पाएको यो सडकमा पनि काम बल्ल २० प्रतिशत मात्रै भएको छ तर बजेट भने ४० प्रतिशत अर्थात ७ करोड निकाशा भैसकेको छ ।

निमार्णसम्मपनका लागि तोकीएको समय सकिन २ महिना मात्रै बाँकी रहँदा निमार्ण कम्पनीले पछि गर्ने भन्दै बसेका छन् । स्थानीय जनप्रतिनिधिसमेत समयमै सडक निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दा गर्दा दिक्क भसके ।

जनप्रतिनिधि मात्रै होइन सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले समेत ठेकेदारलाई आँफुहरुले काम लगाउन नसकेको गुनासो गर्छन ।

निमार्ण व्यवसायी जनार्दन ढकाल एमालेबाट २०७० सालमा संविधानसभाका सदस्य थिए । सांसद समेत बनिसकेका ढकाल राजनीतिको आडमा पुर्वाधार निर्माणको जिम्मा लिने र अलपत्र छोड्ने गरेको स्थानीय बासिकोे गुनासो छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’