राष्ट्रियसभा जनप्रतिनिधिको प्रतिनिधि संस्था – अध्यक्ष तिमिल्सिना 

काठमाडौं/। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको संयुक्त राज्य बेलायतको संसदीय टोलीसँग शिष्टचार भेटघाट सम्पन्न भएको छ । सो भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालको राष्ट्रियसभा जनप्रतिनिधिको पनि प्रतिनिधिमुलक संस्था भएको बताउनुभयो ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा प्रदेशसभाका सांसदले निर्वाचित गरेर राष्ट्रियसभामा पठाउने भएकाले यसलाई जनप्रतिनिधिको पनि प्रतिनिधि संस्था भएको बताउनुभएको हो । भेटका क्रमममा उहाँले लामो संक्रमणकालको अन्त्यपछि बनेको नयाँ संविधान र सोहीअनुसार निमार्ण भएका संरचना प्रतिनिधित्वमुलक र समावेशी भएको बताउनुभयो ।
उहाँले नयाँ संविधानअनुसार बनेको राष्ट्रियसभा र प्रतिनिधिसभाले आफ्नो कार्य प्रारम्भ गरिसकेको जानकारी गराउनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्रसम्म नै प्रतिनिधित्व समावेशी रहेको बताउँदै समानतामुलक समाज निर्माणतर्फ देश अगाडि बढिसकेको बताउनुभयो ।
‘स्थानीय, प्रदेशसँगै संघीय संसदमा पनि महिलाको प्रतिनिधित्व उल्लेख्य रहेको छ । राष्ट्रिय सभामा ५९ जना मध्ये २२ जना महिला रहेका छन् भने प्रतिनिधि सभामा २७५ जना सदस्य मध्ये ९० जना महिला सदस्य छन्,’ उहाँले भन्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा समावेशी दृष्टिकोणले सबैभन्दा अगाडि रहेको बताउँदै महिला, दलित, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तको प्रतिनिधिमुलक संस्था भएको जानकारी बेलायती प्रतिनिधमण्डललाई जानकारी दिनुभयो ।
प्रतिनिधिमण्डलसँगको भेटमा नेपाल र बेलायतको संसदीय अभ्यासको अनुभव आदानप्रदान तथा सम्बन्धबारे छलफल भएको थियो । सो क्रममा उहाँले दुई देशका सरकार सरकारबीच औपचारिक सम्बन्ध स्थापित भएको दुईसय भन्दाबढी वर्ष भइसकेकोले सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताउनुभयो । उहाँले दुई देशबीच बेलाबेलामा हुने उच्च स्तरीय भेटघाटले सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने धारणा राख्नुभयो । बेलायत लोकतन्त्र र संसदीय अभ्यासमा पुरानो मुलुक भएकाले त्यहाँको अनुभव भर्खर मात्रै नयाँ संविधान जारी गरेर स्थिरता र विकासतर्फ उन्मुख नेपालका लागि लाभदायिक हुने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि संसदमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन भएको र त्यसलाई संविधान सभामा निरन्तरता दिन नसकेको जानकारी गराउँदै अब संघीय संसदको कार्यकालमा नेपाल बेलायत संसदीय मैत्री समूह गठन गर्ने प्रयास गर्ने जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’