अवैध रुपमा नदिजन्य बस्तु उत्खनन् गर्ने पक्राऊ

फाइल तस्बीर

पर्वत/अबैध रुपमा नदिजन्य बस्तु उत्खनन् गर्दै गरेको अवस्था जिल्ला प्रहरी कार्यालय पर्वतले मेशिनहरु नियन्त्रणमा लिएको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्वर ५ मोदी खोलावाट अबैध रुपमा ढुंगा, गिटी र बालुवा उत्खनन् गर्दै गर्दा मुक्तिनाथ निर्माण सेवा प्रा.लि.का ३ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको हो । अवैध रुपमा नदि जन्य पदार्थ उत्खनन तथा संकलन गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक दिलिप घिमीरेले जानकारी दिए ।
प्रहरीका अनुसार ग २ क २१६४ नम्वरको स्काईभेटर, ग १ त २४५५ र ग १ त २३१५ नम्वरको ट्याक्टर लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय पर्वतमा बुझाइएको हो । प्रहरीले पक्राउ गरि बुझाएका सवारी साधानहरुलाई रु.३५ हजार रुपैया जरिबाना असुलउपर गरि छाडिएको जिल्ला समन्वय समितिका संयोजक मनोहरबी पौडेलले जानकारी दिए ।
पर्वतमा पछिल्लो समयमा अबैध रुपमा नदिजन्य बस्तु उत्खनन् गर्ने श्रृङखला बढ्दै गइरहेको छ । विशेषगरी कालीगण्डकी दिनको मालढुंगादेखि वारीबेनी खण्डामा र मोदीखोलामा अबैध उत्खन्नमा विभिन्न व्यावसायी तथा निर्माण कम्पनीहरुनै सक्रिय हुन थालेका छन् । पटक पटक प्रहरीले अबैध रुपमा उत्खनन् गर्नेहरुलाई पक्राउ गरी जिल्ला समन्वय समितिमा बुझाउने तर सामान्य जरिबानामा छाड्ने भएकाले दोहनको श्रृङ्खला रोकिन नसकेको हो ।
कालीगण्डकी नदि किनारमा विभिन्न व्यावसायीहरुले क्रसर उद्योगनै स्थापना गरेर दोहन गरिरहेका छन् । जिल्ला समन्वय समितिले चालु आर्थिक वर्षमा मात्रै अबैध दोहनमा संलग्नहरुलाई जरिबाना गराएर मात्रै ५ लाख संकलन भएको जनाएको छ । दोहनका कारण नदिको प्राकृति स्वरुपनै बिग्रिएको र वर्षायाममा ठुलो दुर्घटना हुन सक्ने स्थानीयवासीहरुको गुनासो रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’