पुर्ब जानकारी बिनै पोखरा– बागलुङ्ग लोकमार्ग दैनिक छ घण्टा बन्द , यस्तो छ बन्द हुने तालिका
पर्वत /लामो समयदेखि जीण रहेको पोखरा–बागलुङ लोकमार्गलाई फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ ।सडक फराकिलो बनाउने क्रममा कास्की जिल्लाको अन्न्पुर्ण गाउँपालिकामा पर्ने गिरीचोक देखि नयाँपुल बजार खण्डमा शनिबार देखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको छ । बिना सुचना शनिबार देखि सडक बन्द गरिएका कारण सवारी साधन र यात्रुहरु भने मर्कामा परेका छन ।
आयोजनाको घट्टेखोला देखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ बजे देखि ८.३० बजे सम्म डेढ घण्टा बन्द हुन्छ भने बिहान नै ९.३० देखि १०.३० सम्म १ घण्टा बन्द गर्न थालिएको छ । दिउँसो १२.३० देखि २ बजे सम्म र ३ बजे देखि ५ बजे सम्म सडक बन्द गरिएको छ । दिनमा चार पटक गरि ६ घण्टा बन्द गरिएपनि यात्रुको चाप र काम हेरेर बिचमा पनि छाड्ने गरिएको कम्पनीका साइड इन्र्चाज काशीराज बोहोराले बताए । मध्यपहाडी सडक आयोजना कार्यालय संग समन्वय गरेर सडक बन्द गरिएको उनले दाबी गरे । गिरीचोक देखि नयाँपुल सम्म झण्डै २ किलोमिटर सडक क्षेत्रमा साँघुरो सडक काम बन्द नै गरेर फराकिलो पार्नुपर्ने बाध्यता रहेको बोहोराको भनाई छ । ‘आयोजना संग समन्वय गरि यात्रु र सवारी सधानलाई मर्का नपर्ने गरि बन्द गरेका छौ’ उनले भने ‘बिचमा छ घण्टा भने पनि अहिले बढीमा दुई घण्टा मात्रै काम गर्न सकिएको छ ’ उक्त खण्ड फराकिलो बनाउन झण्डै १ महिना लाग्ने भएकाले त्यस अबधीमा यातयात बन्द हुनेछ । गिरी चोकबाट झोबाङ्ग हुँदै नयाँपुल झर्ने बैकल्पिक सडकमा पनि सवारीसाधन चलेका कारण ठुलो मर्का नपर्ने र साना सवारी साधनलाई बिचबिचमा छाड्ने ब्यबस्था मिलाइएको उनले जानकारी दिए ।
मध्यपहाडी सडक आयोजना पश्चिम खण्डका सिनियर डिभीजन इन्जिनियर रमेशकुमार दृष्टिले भने पुर्ब सुचना बिना नै बन्द भन्दापनि केहीबेर सवारी रोकेर काम गरिएको बताए । सडक बन्द गर्ने निर्णय गर्न स्थानिय प्रशासन, सरोकारवाला सहितको बैठक बसेर निर्णय गर्नुपर्ने भएपनि अहिले निर्माण कार्यपनि हुने र कसैलाई लामो समय रोकिनु पनि नपर्ने ढंगले काम गर्न निर्देशन दिएको बताए । ‘इमर्जेन्सी भएको अवस्थामा सडक बन्द नगरि सवारीका साधन वारपार गराउन भनेका छौ’ उनले भने ‘पछि बैठक नै बसेर समय तालिका बनाउँछौ’ कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भने सडक बन्द गर्ने औपचारिक निर्णय नभएको बताउँदै निर्माण कार्यको आवश्यकतालाई हेरेर आयोजनाले काम अगाडी बढाएको होला भनेर अनभिज्ञता प्रकट गरे । ‘के भएको छ , म बुझ्छु’ उनले टेलिफोनमा संक्षिप्त प्रतिकृया दिए । सडक निर्माण गर्दा पुर्व सुचना गरि स्थानिय सरोकारवाला सहितको सहमतिमा गर्नुपर्ने हुन्छ ।
मध्यपहाडी लोकमार्ग कआयोजनाले ७२ किलोमिटर लामो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ ।र लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीनवर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो । आयोजनाका अनुसार पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म ६ किलोमिटर पहिलो र त्यसपछि घट्टेखोलासम्मको खण्ड दोश्रो भागमा पर्नेछ । घट्टेखोलादेखि नयाँपुलसम्मको करिब २५ किलोमिटरलाई तेश्रो खण्डमा र नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड (२४ किमि) लाई अर्काे खण्डमा बाँडेर मर्मतसम्भार र बिस्तार गर्न थालिएको छ । जिरो किलोमिटरदेखि याम्दीसम्म ६ लेनको सडक तयार हुनेछ । केही खण्ड पुरा भईसकेको छ । त्यसपछि फेँदीसम्म पनि ६ लेनको सडक बन्नेछ । फेँदीदेखि मालढुंगा सम्म ९ मिटर फराकिलो सडक बन्ने छ । करिब ७ मिटर फराकिलो सडकलाई २ मिटर बिस्तार गरि ९ मिटर फराकिला बनाइने छ । यो सडक बिस्तार र स्तरोन्नती गर्न करिब ३ अर्ब ३२ करोड रुपैयाँ लागत पर्नेछ ।