बाटुलेचौर र ठुलीपोखरीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिँदै

पर्वत/पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौर मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।
मर्मतसंहार र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा अवस्थित बाटुलेचौर क्षेत्रलाई विकास गर्न थालिएको हो । त्यस्तै मानव निर्मित जिल्लाकै सवैभन्दा ठुलो पोखरी ठुलीपोखरीलाई पनि संरक्षण गरिने भएको छ । भने कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीमा अवस्थित खौलाकोटको संरक्षण र विकासका लागि बिस्तृत सर्भेक्षण गरिएको छ ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेल, जिल्ला इन्जिनियर जगदिश शर्मा सहितको टोलीले स्थलगत अध्ययन गरी उक्त क्षेत्रको विकासका लागि बृहद योजना निर्माण गर्ने तयारी गरेको हो ।


ठुलीपोखर, बाटुलेचौर, देविस्थान मन्दिर र खौला कोटको बिस्तृत ऐतिहासिक पृष्ठभुमी सहितको पर्यटन प्रस्ताव तयार पार्न थालिएको छ । भने ठुलिपोखरिमा बाह्रै महिना पानीले भर्ने र साना साना डुगाँ सहित वरिपरी पार्क र मन्दिर समेत नर्माण गरि पर्यटकिय स्थलको रूपमा विकास गर्न लागिएको स्थानीय एमाले नेता मेघनाथ सुवेदीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षभित्र बिस्तृत अध्ययन गर्ने र आगामी आर्थिक वर्षदेखि कुश्मा नगरपालिका, पर्यटन मन्त्रालय लगायतबाट आवश्यक बजेटको व्यवस्थापन गरेर पूर्वाधार निर्माण लगायतका कामहरु गरिने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’