प्रदेश ३ को सरकारले ल्याउँदैछ हात मिलाउन नपाउने नीति

हेटौंडा । भेट्दा नमस्कार गर्दै अभिवादन साट्नु हाम्रो आफ्नो मौलिक शैली हो । पछिल्लो समय हात मिलाउँदा प्रचलन बढ्दो छ । तर, अब प्रदेश सरकारले हात मिलाउन नपाउने गरी ‘नो हृयाण्डसेक’ नीति नै ल्याउने भएको छन् ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हात मिलाउन नपाउने नीति ल्याउने बताएका छन् ।

हात मिलाउँदा पनि रोगको संक्रमण सर्ने भएकाले ‘नो हृयाण्डसेक’ नीति ल्याउनु परेको उनले बताए । मानिसलाई लाग्ने ५० प्रतिशत भन्दा बढी रोगको संक्रमण हात मिलाउँदा सर्ने भन्दै उनले भने, ‘हात नै किन मिलाउनु रु टाढैबाट नमस्ते गर्दा भइगो ।’

‘नो हृयाण्डसेक’ नीति सुरुमै प्रदेशभर लागू गर्न समस्या भए खण्डरखण्डमा भए पनि लागू गर्ने उनले बताए ।

हेटौंडामा आयोजित प्रदेशस्तरीय स्वास्थ्यसम्बन्धी अभिमुखीकरणमा मुख्यमन्त्री पौडेलले स्वास्थ सेवालाई अनावश्यक रुपमा महंगो बनाउनेहरुमाथि अनुगमन गरिने बताए । उनले भने ‘एउटा औंलामा समस्या आएको बिरामीलाई उपचार गर्नु भन्दा ल्याबमा पठाएर अनावश्यक खर्च गराउने काम रोक्न जरुरी छ ।’

स्वास्थ्य सेवाका कर्मचारीलाई हेर्दै भने भने, ‘सेवा शुल्क कम बनाउन भूमिका खेल्नुस् ।’

डाक्टर तथा स्वास्थ्यका कर्मचारी गाउँसम्म नजाने बेतिथि जरुरी रहेको उनले बताए । अहिले गाउँमा सरकारले तोकेको निःशुल्क औषधि पनि नपाइने गरेको भन्दै उनले भने, ‘बिरामीले सिटामोल समेत खान नपाउने अवस्था कसले बनायो ।’

स्वास्थ्य मन्त्रालयको कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार प्रदेशमा रहेको ५५ लाख जनसंख्यालाई स्वास्थ्य सेवा दिनका लागि ८ सय ९६ वटा मात्र स्वास्थ्य सस्था छन् । अहिलेको अवस्थालाई हेर्दा अझै पनि जनताको स्वास्थ्य सेवामा पहँच नपुगेको समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताए ।

कार्यक्रममा समाजिक विकासमन्त्री युवराज दुलालले राज्य र प्रदेशमा गर्नुपर्ने स्वास्थ्य सम्बन्धी काममा कर्मचारी तथा स्वास्थ्यकर्मीको ध्यान जान आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’