यातायात व्यवसायीद्वारा आन्दोलन फिर्ता, व्यवसायीलाई निःर्शत रिहा गर्न माग

काठमाडौं । यातायात सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि सिन्डिकेटको पक्षमा वकालत गर्दै आएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ती जारी गर्र्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन ।

व्यवसायीले आजदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै बन्दबाट सर्वसाधारणमा पर्न गएको समस्याप्रति विज्ञप्तिमार्फत माफी मागेका छन् ।

विज्ञप्तिमा पक्राउ परेका यातायात व्यवसायीलाई निःर्शत रिहा गर्न र यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने जनाइएको छ ।

सरकारले आफूहरुलाई वार्तामा बोलाउनु पर्ने र नयाँ गाडीहरुलाई अनुमति दिँदा आफूहरुसँग परामर्श गर्नुपर्ने माग राख्दै यातायात व्यवसायी महासंघको नेतृत्वमा हिजो देशभर गाडी ग्यारेजमै थन्काएका थिए ।

तर सरकारले ग्यारेजमै गाडी थन्काउने र यातायातजस्तो अत्यावश्यक सेवामा अवरोध गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्तलगायत देशभरबाट झन्डै सय जना यातायात व्यवसायी पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’