कुस्मामा गरियो शिक्षकका बिचमा पहिलो पटक हाजिरीजवाफ प्रतियोगिता


पर्वत /बिद्यार्थीका बिचमा हाजिरी जवाफ हुने कुरा सामान्य नै हो तर बिद्यार्थीलाई पढाउने शिक्षकहरुका बिचमा नै हाजिरी जवाफ प्रतियोगिता आयोजना भएको छ ।  पर्वतको कुस्मा नगर शिक्षा शाखाले नगरपालिका भित्रका बिद्यालयमा कार्यरत शिक्षकका बिचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । शिक्षकहरुका बिचमा हाजिरी जवाफ प्रतियोगिता गरिएको संभबत मुलुकमै पहिलो अभ्यास हो ।


बिद्यार्थीलाई पढाउने शिक्षकले सामाजिक, भूगोल, बिज्ञान, गणित जस्ता बिषयमा कत्तिको जानकारी राख्छन र पाठ्य पुस्तक र पाठ्यक्रमका बारेमा समेत उनीहरुको क्षमता परिक्षण गर्ने उद्देश्यले हाजिरी जवाफ आयोजना गरिएको नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए । ‘शिक्षकहरु आफुँले पढाउने बिषयमा कत्तिको अपडेट छन, पाठ्यक्रम र पाठ्यपुस्तकका बारेमा जानकारी राख्छन की राख्दैनन भनेर निजी र सामुदायिक बिद्यालयका शिक्षकका बिचमा हाजिरी जवाफ आयोजना गरिएको हो’ उनले भने ‘यसले शिक्षकहरुको अध्ययनको अवस्थामा र उनीहरुको पाठ्यक्रम प्रतिको लगाब समेत परिक्षण भएको छ । नगर शिक्षा शाखाले तीन वटा स्रोत केन्द्रस्तरमा प्रतिष्पर्धा गराएर बिजयी भएका तीन टिमहरुलाई अन्तिम प्रतिष्पर्धा गराएको थियो । अन्तिम प्रतिष्पिर्धामा कालीगण्डकी एकेडेमी कुस्मा प्रथम , जनकल्याण प्राबि आर्थर द्धितिय र युवा बर्ष प्राबि गोदमले तृतिय स्थान हासिल गरे । अन्तिम प्रतिष्पर्धामा १२ टिम सहभागी रहेको स्रोत ब्यक्ति रामप्रसाद लामिछानेले जानकारी दिए । पहिलो प्रतिष्पर्धामा शिबालय माबि अगुवा स्रोत केन्द्रमा १९, पुर्णेश्वर माबि स्रोत केन्द्रमा २६ र नुवार सुबेदीथर माबि स्रोत केन्द्रमा १४ सामुदायिक तथा निजी बिद्यालयले सहभागिता जनाएका थिए । शिक्षक हरेक बिषयमा अपडेट भैरहनुपर्छ र अध्ययनशील शिक्षकले मात्रै बिद्यार्थीलाई राम्रो शिक्षा दिन सक्छन भन्ने कुरा प्रतियोगिताले पुष्टि गरेको स्रोत ब्यक्ति लामिछानेले बताए ।


यसैबिच प्रतियोगिताको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रश्न पढेर उद्घाटन गरे । उनले नगरपालिकाले शिक्षाको क्षेत्रमा सुधारका लागि आगामी बजेटमा प्रयाप्त मात्रामा सम्बोधन गर्ने योजना बनाएको बताए । भने बिजयी शिक्षकहरुलाई कुस्मा नगरपालिकाको सामाजिक समितिका अध्यक्ष शिबप्रसाद पौडेल र नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’