प्रजिअ ढकालले थाले प्रशासनमा सुधारको काम, जिल्ला प्रशासन पर्वतबाट सिफारिस लिन ब्यक्तिगत निबेदन दिनु नपर्ने
पर्वत /पर्वत जिल्लामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कार्यालयमा हाजिर भएको दुई दिनमै प्रशासनिक सेवामा सुधारको सुरुवात गरेका छन ।
प्रजिअ ढकालले कार्यालयमा आउने सेवाग्राहीलाई बिना झण्झट र घुस नखाई काम गर्ने वातावरण बनाउन १० बुँदे सुधारका काम थालेका हुन ।
जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसाधरणले ब्यक्तिगत निबेदन बिना नै काम गर्न शुरुवात गरेका छन । कार्यालयबाट लिने सिफारिसमा ब्यक्तिगत निवेदन लेख्न नजान्ने सर्वसाधरणले अनावश्यक रकम तिर्नुपर्ने र अन्य ब्यक्तिको समेत सहयोग लिनुपर्ने अवस्थाको अन्त्य गर्न बिना निबेदन काम गर्न शुरु गरेको हो । कार्यालयले स्थानिय तहले दिएको सिफारिस र पेश गरेका कागजातका आधारमा नै निबेदन नलिई सनाखत गरेर काम गरिदिने प्रजिअ ढकालले बताए ।‘सानो कुराले पनि जनताले ठुलो राहत हुन्छ भनेर निवेदन बिनै काम गरिदिन थालेका हौ’ उनले भने ‘ग्रामिण क्षेत्रबाट आउने र लेख्न पढ्न नजान्ने सर्वसाधरण यसबाट लाभान्वित हुनेछन’
जिल्ला प्रशासनले बिचौलियालाई समेत कार्यालयमा आउन नदिने भएको छ । बिचौलियाले प्रभाबमा पारेर अनावश्यक रकम लिने हुँदा कार्यालयको समेत बेइज्जत हुँदै आएको भन्दै यसलाई पनि रोक्न शुरु गरेको छ । कोही कसैको भनसुन बिना नै काम गर्ने परिपार्टीको सुरुवात गर्न थालेको प्रजिअ ढकालले बताए । जेष्ठ नागरिक, अपांग, अशक्तलाई नागरिक सहायता कक्षबाट छिटो र सहज सेवा दिने ब्यबस्था समेत मिलाइएको जानकारी प्रजिअ ढकालले दिए । जिल्लमा बुधबार मात्रै हाँजिर भएका ढकालले सञ्चारकर्मी संगको अन्तरकृयामा कार्यालयका कर्मचारीले अनावश्यक दुःख दिएमा सोझै आफुँ संग सम्पर्क गर्न सर्वसाधरणलाई समेत आग्रह गरेका छन । उनले तत्कालका लागि कार्यालयको सेवा प्रवाहमा सुधार गर्ने र त्यसपछि जिल्लाको शान्ति सुरक्षा, बिकास निर्माणका काममा अबरोध नहुने, नदी दोहन जस्ता बिषयमा कार्ययोजना बनाएर काम गर्ने जानकारी दिए । जिल्ला समन्वय अधिकारी बिष्णुप्रसाद भुसाल र जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले समेत सञ्चारकर्मीका जिज्ञासाका बारेमा जानकारी दिएका थिए । सञ्चारकर्मी संगको अन्तरकृयामा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारी, निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले चुस्त, स्वच्छ प्रशासन र जिल्लाको शान्ति सुरक्षा लगायतका बिषयमा सुझाब दिएका थिए ।