पुतलिबजारकी मेयर सिमाले पोखराको फेवातालमा किन हामफालिन?

पोखरा/स्याङजा पुतलिबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हाम फालेर आत्माहत्याको प्रयास गरेकी छिन् । आफुँ चढेको गाडी फेवाताल किनार छेउमा राखेर हामफालेकी उनलाई एक विदेशीले पौडिएर बचाएका थिए ।

तालबाट निकालेपछि उद्धारमा रहेका व्यक्तिहरुले सम्झाइ बुझाइ गरेका थिए । उद्धारकर्ताहरुले उनी डिप्रेशनका कारण तालमा हाम फालेको हुन सक्ने बताएका छन् ।

उनी पोखरामा सञ्चालन भएको “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीयतहको भूमिका विषयक गोष्ठीमा भाग लिन आएकी थिइन् । अहिले उनको अवस्था सामान्य रहको र उनी स्याङजा फर्किएकी छिन् ।

श्रोतका अनुसार उनी १५ दिनअघि काठमाण्डौंमा डिप्रेसनको उपचार गरी घर फर्किएकी थिईन् । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’