माेदीका लागि मुक्तिनाथमा छुट्टै हेलिप्याड

मुस्ताङस्थित तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ। मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो।

भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको बारेमा जानकारी लिएर फर्किएको छ। माेदी भ्रमणका लागि भारतीय वायुसेनाकाे हेलिकाेप्टरमा भारतीय सुरक्षाकर्मी परिचालन भएका छन्। जेडपी ५११९ कलसाइनकाे भारतीय वायुसेनाकाे हेलिकाेप्टर बुधबार पाेखरा समेत पुगेकाे थियाे। साे हेलिकाेप्टरमा सवार भारतीय सुरक्षाकर्मीले विमानस्थलकाे सुरक्षाबारे जानकारी लिएका छन्। यद्यपि माेदीकाे पाेखरा भ्रमण हुने नहुने यकिन छैन।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए। उनले हाल मुस्ताङको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिए।

वैशाख २८ गते मोदी धार्मिक भ्रमणका लागि जनकपुरदेखि हेलिकोप्टरमार्फत मुक्तिनाथ आउने कार्यक्रम तय भएको छ। मुक्तिनाथ मन्दिरदेखि केही तल दुई वटा हेलिप्याड रहेका छन्। थप एक हेलिप्याड निर्माण गरिने प्रजिअ पौडेलले बताए। सीमानाका र मुक्तिनाथ क्षेत्रमा सुरक्षा सतर्कताका साथ चेकजाँच तथा गस्ती गरिएको छ।

आकस्मिक उपचारको समेत व्यवस्था गरिएको छ। मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० सय मिटरको उचाइमा अवस्थित छ। भ्रमणलाई लक्षित गरेर बेनी—जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ। ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडक स्तरोन्नतिका लागि दैनिक आठघण्टा बन्द गरिँदै आएको छ।

भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणले नेपाल—भारत सम्बन्ध जनस्तरमा अझै बलियो हुने र मुक्तिनाथको महत्वको बारेमा उजागर भई धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको मुस्ताङका नागरिक अगुवा चन्द्रबहादुर थकालीले बताए।

मुक्तिनाथमा मोदीको स्वागतका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष छेम्चोक छेक्तेन गुरुङको संयोजकत्वमा एक समिति पनि गठन भएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज