बेलायतको चुनावमा नेपाली पनि लड्दै, जित्ने दाबी

इंगल्यान्डको १ सय ५० काउन्सिलमा ४ हजार ३ सय ७० सिटका लागि बिहीबार(३ मे) स्थानीय चुनाव हुँदै छ।

लन्डनका ३२ वटै बरो तथा बेलायतका ठूला सहर म्यानचेस्टर, बर्मिङहाम, लिड्स, न्युक्यासल आदिमा स्थानीय चुनाव हुने भएको हो।

बेलायतीमूलका करिब आधा दर्जन नेपाली पनि प्रतिस्पर्धा गर्दै छन्। लन्डन बरो अफ बार्नेटमा सत्तारूढ कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङले मतदाताबाट सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया पाएकाले जित्ने दाबी गरेका छन्।

बेलायती प्रधानमन्त्री टेरेजा मेले समेत चुनावी अभियानमा सामेल भएर आफूलाई साथ दिएको उनले बताए।यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

यसपटक चुनावमा सत्तारूढ कन्जरभेटिभ पार्टीले मुख्य विपक्षी लेबर पार्टीबाट कडा चुनौती बेहोर्नुपर्ने आंकलन भइरहँदा आफ्नो पार्टीका उम्मेदवारको मनोबल बढाउन केही साताअघि प्रधानमन्त्री मे आफै चुनावी अभियानमा सहभागी भएको गुरुङले जानकारी दिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’