शिक्षकले पारिश्रमिक उपलब्ध गराउन नगरपालिकामा दिए उजुरी
पर्वत /कुस्मा नगरपालिकामा सञ्चालित गुरुकुल एकेडेमीले पारिश्रमिक नदिएको भन्दै पाँच जना पुर्व शिक्षकले नगरपालिकामा उजुरी दिएका छन ।
गुरुकुल एकेडेमीले गएको मंसिर देखि फागुन सम्मको पारिश्रमिक नपाएको भन्दै नगरपालिका र नगरशिक्षा अधिकृत संग उजुरी दिएका दिएका हुन ।
बिद्यालयका पुर्ब शिक्षकहरु प्रेम शर्मा पौडेल, जित गिरी, अनिता पौडेल, गणेश पौडेल र बिकासराज पौडेलले पारिश्रमिक दिलाउन माग गरेका छन । बिद्यालयमा कार्यरत रहँदाको पारिश्रमिक दिन पटक पटक ब्यबस्थापन संग माग गरेको र नगरपालिकाको कार्यालयमा समेत बैशाख १५ भित्र पारिश्रमीक दिने प्रतिबद्धता गरेपनि अहिले सम्म नपाएका कारण श्रम ऐन अन्र्तगत पारिश्रमीक उपलब्ध गराउन माग गरेका छन ।
उक्त बिद्यालयमा सञ्चालक र ब्यबस्थापकहरुका बिचमा बिबाद भएपछि निबेदक शिक्षकहरुले शैक्षिकसत्र चलेकै बेला फागुन ३० गते देखि अध्यापन गराउन छाडेका थिए । उक्त बिबाद पछि उनीहरु नयाँ ब्यबस्थापनमा सुरु भएको शहीद स्मारक बिद्यालयमा कार्यरत रहेका छन ।
बिद्यालयका भाइस प्रिन्सीपल उज्ज्वल अधिकारीले यस बर्षको एसइइ परिक्षा आएको समयमा बिद्यालय छाडेर शिक्षकले हिडेको र उनीहरुको पछिल्लो महिनाको पारिश्रमिक मात्रै रोकिएको बताए । धेरै शिक्षकले पेस्की समेत लगेको र गुरुकुलमा अध्ययन गर्ने बिद्यार्थीलाई शुल्क समेत नर्तिन उकास्ने काम गरेको आरोप लगाए ।