फलेबासमा मेयरले कर तिरेर सुरु गरियो एकिकृत सम्पतिकर ,१ करोड ३० लाख उठाउने लक्ष्य

फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा वडा नं १ को कार्यालयमा कर बुझाउँदै 

पर्वत /पर्वतको फलेबास नगरपालिकाले बुधबार देखि एकिकृत सम्पति कर संकलन गर्न शुरु गरेको छ ।
फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले आफ्नै वडा कार्यालयमा पुगेर कर तिरेर नगरपालिकाका सबै वडामा एकैपटक एकिकृत सम्पति कर संकलन गर्न सुरुवात गरेको हो । पछिल्लो पटक गठन भएका नगरपालिकाहरुमा एकिकृत सम्पतिकर लगाउने फलेबास पहिलो नगरपालिका हो ।
फलेबास नगरपालिकाले ११ वटै वडा कार्यालयबाट एकिकृत सम्पतिकर संकलन गर्न सुरु गरेको हो । नगरभित्र रहेका ५ हजार ८ सय ८३ घर परिवारलाई नै करको दायरमा ल्याउँने गरि अभियान शुरु भएको नगरपालिकाले जनाएको छ । प्रमुख शर्माले फलेबास नगरपालिका वडा नं १ को कार्यालयमा आफ्ना पिता संगै पुगेर कर तिरेका थिए भने सोही वडामा वडा अध्यक्ष बाबुराम शर्माले पनि कर तिरेर सुरुवात गरेका थिए । सबै वडामा वडा अध्यक्ष, जनप्रतिनिधीले कर बुझाएका छन । वडा नं ४ मा वडा अध्यक्ष टिकाराम गौडेल, वडा सदस्यहरु र प्रमुख प्रशासकिय अधिकृत मोतीराम सापकोटाले समेत कर बुझाएका थिए । पहिलो दिन मात्रै १ लाख ५० हजार भन्दा बढी राजस्व संकलन भएको छ।


नगरपालिकाले चालु आर्थिक बर्षमा एकिकृत सम्पतिकरबाट १ करोड ३० लाख रुपैया संकलन गर्ने लक्ष्य राखेको प्रमुख पदमपाणी शर्माले जानकारी दिए । प्रमुख शर्माका अनुसार नगरपालिकाका सबै क्षेत्रमा शहर भन्दा बढी गाउँ र कृषकहरु नै भएका कारण मालपोत शुल्क भन्दा पनि कम शुल्क लिएर एकिकृत सम्पति कर शुरु गरिएको छ। जग्गाको मुल्यकाँन मालपोत कार्यालयले भन्दा पनि कम छ भने घर र अन्य सम्पतिको पनि त्यही अनुसार मुल्याँकन गरिएको छ। ‘सामान्य कृषकहरुले एक सय रुपैया भन्दा पनि कम कर तिरे पुग्ने गरि करको दर निर्धारण गरिएको छ । ’ उनले भने ‘एकिकृत सम्पति कर भनेपनि कृषकहरु र सामान्य नागरिक मर्कामा नपरुन भनेर सस्तो दरमा संकलन गर्न थालेका हौ, यसबाट सर्वसाधरण मर्कामा पर्दैनन’
नगरपालिकाले यसअघि एक सय भन्दा बढी कर्मचारी र स्वयँसेवक खटाएर प्रत्येक घरमा पुगेर बिबरण संकलन गरेको थियो । प्रत्येक घरको आर्थिक, पारिवारिक बिबरण संकलन गरिएको छ । नगरपालिकाले गुरुयोजना निर्माण गर्न लागेकाले त्यसका लागि समेत उक्त तथ्याँक प्रयोग हुने प्रमुख शर्माले जानकारी दिए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’