पार्टी एकताबारे छलफल गर्न एमाले र माओवादीको आन्तरिक बैठक

काठमाडौं/ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापाबाट फर्किएपछि स्थायी कमिटी बैठक बस्ने एमालेले जनाएको छ । बैठक बेलुकी साढे ६ बजे बस्ने छ । बैठकमा पार्टी एकतालगायत समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यस्तै एमालेसँगको पार्टी एकताको विषयमा माओवादी केन्द्रले पनि छलफल गर्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय सचिवालयको बैठकमा छलफल हुन लागेको हो । बैठकमा कसरी पार्टी एकतामा जाने भन्ने विषयमा मुख्य छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिनभयो ।

माओवादीले बराबरी हैसियत खोजेपछि एमालेसँगको पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । एकताका लागि दुई पार्टीका अध्यक्षलाई जिम्मा दिइए पनि छलफल नै हुन सकेको छैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’