३३ किलो सुन प्रकरण : एकमहिने अनुसन्धान न सुन भेटियो न गोरे !

७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन । गायब भएको सुनबारे पनि प्रहरी बेखबर छ ।

सुन तस्करी प्रकरण छानबिन गर्न गृह मन्त्रालयबाट गठित सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको म्यादसमेत आजबाटै सकिँदै छ । उक्त छानबिन समिति एक महिनाका लागि भन्दै २० चैतमा गठन गरिएको थियो । गृह प्रवक्ता रामकृष्ण सुवेदीले महिना दिनको अनुसन्धानपछि समितिले अध्ययन प्रतिवेदन तयार पारेको बताए । समितिकै छानबिनका आधारमा २८ जना पक्राउ परेका हुन् । तर, एकमहिने छानबिनले तस्करीको मुहान भने पहिल्याउन सकेन ।

पक्राउ परेकाविरुद्ध संगठित र ज्यान मुद्दा लगाइएको छ । सुन तस्करीसँगै भरिया सनम शाक्यको हत्यामा संलग्नता ठहर गर्दै उनीहरूविरुद्ध ज्यान मुद्दा लगाइएको हो ।

तर, छानबिन समितिले केही एयरलाइन्समा कार्यरत तल्लो तहका केही कर्मचारी तथा प्रहरीलाई मात्रै निसाना बनाएर कमजोर अनुसन्धान गरेको नेपाल प्रहरीका पूर्वएआइजी तथा विमानस्थल सुरक्षा गार्डका पूर्वप्रमुख विज्ञानराज शर्मा बताउँछन् ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’