सुनका गहना र नगद चोरी गर्ने दुई युवा कुस्माबाट पक्राउ
पर्वत/पर्वतको सदरमुकाम कुस्माबजारको शिवालयचोकमा सुनका गरगहना र नगद चोरी गरेको आरोपमा दुई युवा प्रकाउ परेका छन ।
कुस्माको शिबालयचोकमा संबिधान गिरीले सञ्चालन गर्दै आएको न्यु कुस्मा खाजाघरबाट गहना चोरी गरेको अभियोगमा कुस्माबजारकै दुई युवा पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा पर्बत जिल्ला साबिक वहाकीठाटी गा.बि.स.वडा न. ६ हाल बिहादी गाउँपालिका वडा न.४ घर भै हाल कुश्मा नगरपालिका वडा न. ५ बस्ने १९ बर्षिय रोशन बि.क. र कुस्मा नगरपालिका वडा न. ६ शिवालय चोक बस्ने १९ बर्षिय शिब गुरुङ रहेका छन ।
बिक र गुरुङ्गले शनिबार राती घरमा कोही नभएको बेला कोठामा पसेर सुनका गरगहना, आइप्याड र मोबाइल चोरी गरेका थिए । २ लाख दुई लाख ९८ हजार ७ सय ३४ रुपैया बराबरको धनमाल र नगद चोरी गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको प्रहरी टोलीले अनुसन्धानका क्रममा निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।