प्रचण्डले दिए वैशाख २२ मा पार्टी एकताको संकेत

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख २२ गते एमाले र माओवादीको पार्टी एकिकरण हुन सक्ने संकेत दिएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकताको अभियान अन्तिम चरणमा पुगेको बताए। ‘२२ गते माक्र्सको द्विशतवार्षिकी मनाउँदै छौं,’ उनले भने, ‘सोही दिन केही न केही प्रगति अवश्य देखिने छ।’ साथै उनले अहिले पार्टी एकिकरणको एजेन्डाबाट पछि हट्ने अवस्था नरहेको समेत बताएका छन्। पार्टी एकताको विषय अवसर भएकोले यो अवसरबाट पछि हट्न नहुने समेत उनले बताए। ‘हामी एकताभन्दा बाहिर कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘कम्युनिस्ट पार्टी एकता गर्ने, राजनीतिक स्थायीत्व कायम गर्ने र विकास निर्माणमा अघि बढ्ने हाम्रो एजेन्डा हो।’

उनले समाजवादको आधार निर्माण गरेर अघि बढ्नुपर्ने समेत बताए। उनले पार्टी एकता गरेर नेपालमा मात्रै होइन विश्वमा समेत सन्देश दिन खोजेको बताए। सोही कार्यक्रममा उपस्थित भएका विश्व ट्रेड युनियन महासंघका अध्यक्षलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु साउथ अफ्रीकाको कम्युनिस्ट आन्दोलनबाट निकै प्रभावित भएको र सम्बृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको समेत बताए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’