​ओमानमा नेपाली युवतीको बलात्कारमा संलग्न पाँच बङ्गलादेशी पक्राउ

ओमान/ ओमानमा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार गर्ने पाँच जना बङ्लादेशी नागरिक पक्राउ परेका छन । ओमानको प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेपाली दूतावास ओमानले जनाएको छ ।

नेपाली युवतीलाई काम लगाइदिने प्रलोभन पारेर अपहरण शैलीमा बलत्कार गरेर ज्यान मार्ने प्रयास गरेको स्थानीय प्रहरीलाई जानकारी गराएपछि प्रहरीले पाँच जना बङ्लादेशी नागरिकलाई पक्रिएको दुतावासकी द्वितीय सचिव रोजिना ताम्राकारले उज्यालोलाई जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले आरोप स्वीकार गरेकाले कानुनी प्रकृयाका लागि दूतावासले स्थानीय निकायसँग समन्वय गरिरहेको ताम्राकारले बताउनुभयो । कानुनी प्रकृया पुरा गरेर दूतावासले अस्मितालाई उद्दार गर्ने र अदालती प्रकृया अनुसार अधिकार दिलाएर नेपाल पठाउन प्रक्रिया थाल्ने छ ।

ओमानको मावेलामा गएको शनिबार नेपाली युवतीलाई ५ जना बङ्लादेशी नागरिकले राम्रो काम लगाइदिने भन्दै अपहरणको शैलीमा निर्माणाधिन भवनमा लगेर सामुहिक बलात्कार गरेका थिए ।

उनीहरुले बलात्कारपछि हत्याको योजना बनाइरहेका बेला ओमानको प्रहरीले उद्धार गरेको हो । १६ महिना अघि घरेलु महिला कामदारको रुपमा ओमान पुगेकी उनी ८ महिना स्पोन्सरको घरमा काम गरेर भागेर एक जना बङ्लादेशी नागरिक सँग बस्दै आउनु भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’