सामान्य प्रशासनमन्त्री पण्डितको नजरमा यी हुन् बेइमान कर्मचारी?
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित कर्मचारीतन्त्र सुधारका लागि प्रयासरत छन्। अघिल्लाे पटक मन्त्री हुँदा उनले डिभी/पिअार लिएकाहरूलाइ कर्मचारीतन्त्रबाट हटाउन उनी सफल भएका थिए। दाेस्राे पटक अाेली सरकार अहिले उनी पुन: सामान्य प्रशासन मन्त्रालयकै जिम्मेवारीमा छन्। उनले देखेका बेइमान निजामती कर्मचारी काे हुन्? ती कस्ता छन्? उनकै शब्दमा थाहा पाउनुहाेस् :
बेइमान १ : सरकारी काम छाेडेर निजी काममा जाने
आफ्नो जिम्मेवारीकाे काम छोडेर केही सरकारी कर्मचारीले निजी जागिर खाने कसरत गरिरहेका हुन्छन्। केहीले खाएका पनि छन्। त्यस्ता कर्मचारी सरकारका बेइमान कर्मचारी हुन्। त्यस्ता कर्मचारी पहिले बेतलवी बिदा लिएर जान्थे। कोही अध्ययन बिदा लिएर जान्थे। यी सबैबाटो बन्द गरिदिएपछि अहिले आएर केहीले बिरामी बिदा लिएर आइएनजिओमा काम गर्न गएका छन्। कोही कर्मचारी खटाएको ठाउँमा नगएर काठमाडौंका कलेज पढाउँदै गरेका छन्। त्यो सरासर कामप्रतिको बेइमानी र प्रशासनिक क्षेत्रको विकृति हो। सरकारलाइ याे सह्यै छैन।
बेइमान २ : काम चाेर
नेपालका निजामती क्षेत्रमा त्यस्ता बेइमान कर्मचारी छन् जो काम गर्नै नपरे हुन्थ्यो भन्ने सोच्छन्। कामै गर्न नपाउँदा खुसी हुन्छन्। त्यस्ता कर्मचारीले आफूलार्इ जे इच्छा लाग्यो त्यही गर्न पाए मात्र खुसी हुन्छन्। उनीहरु दण्डहीनताभित्र रमाउन पाए पनि खुसी हुने गर्दछन्। त्यस्ता कर्मचारीका कारण समग्र निजामती सेवा नै बदनाम भएको छ। मानिस एक ठाउँमा भए पनि उनीहरुको मन विश्वभरि घुमिरहेको हुन्छ। सँधैभरी मन घुमाएर भएन नि मान्छे भएपछि यथार्थमा पनि बाँच्न सक्नुपर्छ। त्यसैकारण राष्ट्रसेवकले पहिलो काम सेवा गर्नु र दोस्रो सेवाअनुसार मेवाको अपेक्षा गर्नु हो।
बेइमान ३ : भ्रष्ट कर्मचारी
आफ्नो कर्तव्य भन्दा पनि निजी स्वार्थमाग्रसित हुने कर्मचारी पनि बेइमान हुन्। त्यस्ता कर्मचारीले निजामती क्षेत्रमा विसंगति बढाएका छन्। भष्ट्रचार गर्ने कर्मचारीमा पनि यिनै कर्मचारी पर्छन्। आफ्नो काम कर्तव्य बिर्सिएर यस्ता कर्मचारी निजी स्वार्थका लागि यस्ता कर्मचारी जुनसुकै तहमा पनि झर्न तयार हुन्छन्।नेपाल खबरबाट