कालीण्डकी जलयात्रामा आन्तरिक पर्यटकको आकर्षण

फोटो फेसबुकबाट

पर्वत । जलयात्रा (र्‍याफ्टिङ)को सिजन शुरू भएसँगै कालीण्डकी नदीमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । व्यावसायिक रूपमा मालढुङ्गाबाट नयाँ पुलसम्म जलयात्रा शुरू भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

पर्वतको मोदीका ३ युवाले ७० लाखको लागतमा कालीगण्डकीमा व्यावसायिक जलयात्रा सञ्चालन गरेका छन् । जाडोयामको समाप्तिसँगै चैतको पहिलो सातादेखि नै जलयात्राका लागि पर्यटक आउन थालेका छन् । कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन भएपछि पर्वतसहित बागलुङ, म्याग्दी, कास्की र स्याङ्जाबाट आन्तरिक पर्यटक आउने गरेको कालीगण्डकी क्याम्प र्‍याफ्टिङ कम्पनीका सञ्चालक होमबहादुर पुनले जानकारी दिए । यसअघि पोखराका र्‍याफ्टिङ कम्पनीले मात्र जलयात्रा गराउने गरेका थिए । पोखराका व्यवसायीको सिण्डिकेट तोड्दै आफूहरूले यो व्यवसाय शुरू गरेको पुनले बताए ।

लामो, समथर र कम बहाव भएकाले कालीगण्डकीलाई पर्यटकले रोज्ने गरेका छन् । कालीगण्डकी नदीमा अहिले दैनिक दुईदेखि १० समूहमा पर्यटक आउने गरेका छन् । लस्तीदेखी नयाँपुल र मालढुङ्गादेखि नयाँ पुलसम्म दुई गन्तव्यमा जलयात्रा सञ्चालन गरिएको छ । ‘स्वदेशी पर्यटकहरू खासै जलयात्रामा रुचि राख्दैनथे,’ सञ्चालक नवीन थापाले भने, ‘सस्तो मूल्यमा जलयात्रा शुरू भएपछि विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेका छन् ।’ पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएको व्यवसायी बताउँछन् ।आर्थिक अभियान दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’