वैदेशिक रोजगारमा गएकामध्ये ५६ प्रतिशतमा स्वास्थ्य समस्या
काठमाडौं : स्वास्थ्य परीक्षणका सबै प्रक्रिया पूरा गरेर तन्दुरुस्त रुपमा वैदेशि रोजगारमा गएका आधाभन्दा बढी नेपाली युवा स्वदेश फर्किंदा रोग लिएर फर्किने गरेको पाइएको छ।
कडा स्वास्थ्य परीक्षण गरेर विदेश गएर फर्किनेमध्ये ५६ प्रतिशत कामदारमा स्वास्थ्य समस्या देखापर्ने गरेको एक अध्ययनले देखाएको छ। स्वीस सरकार विकास सहयोगले विभिन्न देशका चिकित्सक तथा स्वास्थ्य संस्थासँग मिलेर गरेको अध्ययनले रोजगारीको खोजीमा विभिन्न देशमा पुगेका ५६.६ प्रतिशत कामदारले स्वास्थ्य समस्या झेलिरहेको देखाएको हो।
अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने कामदार मुटु रोग, मानसिक रोग, फुडपोइजन, श्वासप्रश्वास र फोक्सोलगायतका रोगबाट पीडित हुनुपरेको देखाएको हो।