मेगा बैंकको कुस्मा र लेखनाथमा नयाँ शाखा बिस्तार
काठमाडौं । मेगा बैंकले पर्वतको सदरमुकाम कुश्मा र कास्कीको लेखनाथमा नयाँ शाखा विस्तार गरेको छ । पोखरा लेखनाथ महानगरपालिका २७ तालचोक र कुश्माको लोकतान्त्रिक चोकमा शाखा विस्तार भएको हो ।
कुष्मा शाखाको मेगा बैंक सञ्चालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरे ।
यसैगरीलेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक सञ्चालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । मेगा बैङ्कले यस क्षेत्रमा २०७४ जेठ १२ मा आंशिक सेवा -सˆट लञ्च) प्रारम्भ गरेयता ११ सय बैङ्क खाता खोलिएको थियो ।
२०७४ जेठ १४ गतेबाट सफ्ट लञ्च भई सेवा प्रारम्भ गरेको यस शाखाले यो अवधिमा २ हजार ४४ वटा खाता खोलेको थियो । लेखनाथ र कुश्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी छ ।