‘राष्ट्रपति महिला मैत्री स्वास्थ्य अभियान’ र ‘प्रधानमन्त्री आरोग्य नेपाल’ कार्यक्रम सञ्चालन हुने

काठमाडौं– सरकारले आगामि आर्थिक वर्ष राष्ट्रपति र प्रधानमन्त्रीका नाममा स्वास्थ्य क्षेत्रमा दुई ठूला कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा ‘राष्ट्रपति महिला मैत्री स्वास्थ्य अभियान’ र ‘प्रधानमन्त्री आरोग्य नेपाल कार्यक्रम’ चलाउने प्रस्ताव राखिएको छ। सरकारले केही दिनमा सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालयले यस्तो प्रस्ताव अघि सारेको छ।

स्वास्थ्यमा बजेट अभाव हुने संकेत नदेखिएपछि यी कार्यक्रमहरु राष्ट्रपति र प्रधानमन्त्रीसँग जोडिएको बुझिएको छ।

‘आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न राष्ट्रपति महिला मैत्री स्वास्थ्य अभियान सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रमको मस्यौदामा भनिएको छ।

यो अभियान अन्तर्गत आपतकालिन मातृ तथा शिशु स्वास्थ्य व्यवस्थित गर्न पालिकाहरुसँगको साझेदारीमा हरेक पालिकामा आपतकालिन सुरक्षित मातृत्व कोष स्थापना गर्ने, अति विपन्न वर्गका महिलालाई फिस्टुला र पाठेघरको मुखको क्यान्सरको उपचार निःशुल्क गर्ने, आमा सुरक्षा कार्यक्रमको उपलब्धिलाई कायम राख्दै आवश्यकता र सेवा केन्द्रको नक्सांकन गरी बर्थिङ सेन्टर र पालिका अस्पताल मार्फत आकस्मिक प्रसुति सेवा विस्तार गर्दै लैजाने, दुर्गम क्षेत्रहरुमा सेवाको सुनिश्चितताको लागि मातृ कुरुवाघरको स्थापना गर्ने, स्वास्थ्य प्राविधिक विषयहरुमा निश्चित कोटा तोकी महिला स्वयंसेविकाका छोराछोरीलाई प्रमाणपत्र तहसम्मको नि:शुल्क शिक्षाको व्यस्था गर्ने लगायतका कार्यक्रम छन्।

यस्तै, ‘समृद्धिका लागि स्वस्थ जीवन, टोलटोलमा स्वास्थ्य प्रबद्र्धनको नारा सहित प्रधानमन्त्री आरोग्य नेपाल कार्यक्रम चलाइने मस्यौदामा उल्लेख छ। आरोग्यतासम्बन्धी विभिन्न विधाका विज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन समेत आगाममी आर्थिक वर्षमा हुनेछ।

मस्यौदा अनुसार असहाय, अशक्त र सडकमा छाडिएका बेबारिसे मानसिक रोगीहरुलाई उपचार र पुनस्थापना गरी एक वर्षभित्र मानसिक रोगी बेबारिसे हुने अवस्थाको अन्त्य गर्ने कार्यक्रम पनि रहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी