पैयूका जनप्रतिनिधिलाई एमालेको निर्देशन–‘भ्रष्टचार रहित काम गर्नुहोस्’

पर्वत । जिल्लाको पैयू गाउँपालिकामा नेकपा एमालेको जनप्रतिनिधि वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि र  पार्टीको सम्बन्धका वीचमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरिले जनप्रतिनिधि र पार्टि कार्यकर्तालाई मिलेर काम गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा बोल्दै माननीय गिरिले एमालेको कांधमा मुलुक निर्माणको जिम्मेवारि आएको भन्दै पारदर्शि तरिकाले जनताको पक्षमा काम गर्नु पर्ने कुरामा जोड दिए ।  कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मनोहर वि पौडेल, एमाले नेता मेघनाथ सुवेदी, पार्टि उपाध्यक्ष भक्त कुवर , एमाले नेता देवेन्द्र राज पाण्डे, पूर्व उप सभापति टिकाराम भुसाल, पैंयु पालिकाका एमाले संयोजक उमाकान्त सुवेदी लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

एमाले उप सचिव गोविन्द पहाडीका अनुसार अभियानलाई पर्वतका सवै पालिकामा सञ्चालन गरि एमालेका कायर्कर्तालाई विकास निर्माण अभियानमा उत्साहका साथ सहभागी हुने वातावरण तयार गरिनेछ । एमाले पर्वत स्थानिय विकास विकासका प्रमुख एवम नेकपा एमाले पर्वतका उप सचिव गोविन्द पहाडिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विभाग सदस्य हिमलाल बस्यालले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’