नवजागृतमा नव निर्मित भवनको शिक्षा सचिब बरालद्धारा उद्घाटन

पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नवजागृत माध्यामिक विद्यालयको ३ कोठे भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय पर्वतको सहयोगमा ३ कोठे पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि शिक्षा मन्त्रालयका सचिब खगराज बरालले उद्घाटन गर्नुभयो । कार्यक्रममा सचिब बरालले शिक्षा क्षेत्र नै देशको मेरुदण्ड भएकाले त्यसको विकासका लागि सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राज्यले परिकल्पना गरेका लक्ष्य प्राप्तीका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी अभिभावक र शिक्षक जागरुक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले गाउँपालिकाले शिक्षा क्षेत्रको विकासमा पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले मोदी गाउँपालिकाले शिक्षाको विकासका लागि रणनीतिक योजना बनाएर काम गर्ने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा शिक्षा विभागका उप निर्देशक नारायण प्रसाद सुबेदीले भौतिक पूर्वाधारको विकासले शिक्षामा परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले राज्यले शिक्षामा लगानी गरे अनुरुपको प्रगति गर्न नसकेको बताउँदै शिक्षामा सुधार ल्याउन सबै पक्ष जागरुक भएर लाग्नुपर्ने बताउनुभयो ।

सो विद्यालय भवन निर्माण लागि जिल्ला शिक्षा कार्यालयबाट रु ३१ लाख तथा विद्यालयको आन्तरिक स्रोतमा निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद सुबेदीले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज