बाजुङ्ग बस दुर्घटना, साँसद गिरीले लिए घाइतेको अवस्था बारे जानकारी

पर्वत । साँधुरो सडक र अत्याधिक लोडका कारण कञ्चि सडकको यात्रा कष्टकर बन्दै आईरहेको छ । वडास्तरीय सडकहरुको विस्तार र त्यसको स्तरोउन्नतीको जिम्मा स्थानीय तहले लिएपनि कतिपय सडकहरुको अझै पनि स्तरोउन्नती हुन सकिरहेको छैन ।

साँधुरो सडकमा मोड नपुग्दा पटक पटक सवारी दुर्घटनाहरु बढिरहेको समाचार सार्वजनिक भईरहेका छन । विहिबार पर्वतको मोदीगाउँपालिका स्थित बाजुङमा पनि सडक दुर्घटना भयो । पातिचौर बजार देखि बाजुङ जाँदै गरेको ग १ ख ६२६९ नम्बरको बस सडकबाट तल झरयो । सडकमा यात्रारत ३४ जना मध्ये १९ जना घाइते भए । घाइते मध्ये ९ जनाको तत्काल डिस्चार्ज भएपनि बाँकी १० जनाको पोखरा स्थित मणिपाल शिक्षण हस्पिटलमा उपचार भईरहेको छ । शुक्रबार मात्रै सांसद पदम गिरी र गाउँपालिका अध्यक्ष प्रेम पौडेलले घाइतेहरुको अवस्था बुझेका छन ।

पोखरा स्थित मणिपाल हस्पिटलमा घाइतेहरुको अवस्था बुझन गएका सांसद गिरी र अध्यक्ष पौडेलले घटनाको जानकारी लिदै सडक विस्तार र दुर्घटना न्यूनिकरणमा प्रतिबद्धता जनाएको मोदी गाउँपालिकाका प्रवक्त विमल लामिछानेले जानकारी दिए ।
कच्चि सडकमा चल्ने सवारी साधनहरुमा ओभर लोड हुने र सडकको स्तर निकै कमजोर भएकाले पनि दुर्घटनाको जोखिम सधै उच्च रहेको प्रवक्ता लामिछाने बताउँछन । दुघटनामा परेका घाइतेहरुलाई भेट गर्दै सांसद गिरीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । उनले सडकको स्तरोउन्नती गर्ने र दुर्घटना न्यूनिकरण गर्ने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको भन्दै तत्काल सडकको स्तरोउन्नती गर्न स्थानीयलाई अनुरोध गरेका गरे । दुर्घटनामा घाइतेहरुको अवस्था अहिले सामान्य रहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी