अमेरिकाद्वारा टीपीएस सुविधा खारेज, ९ हजार नेपाली प्रभावित

काठमाडौं । अमेरिकाले नेपालीलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरेको छ । तीनवर्षअघि गएको भूकम्पपछि अमेरिकामा रहेका नेपालीलाई त्यहाँ बस्ने सुविधासहितको अस्थायी बसोबासको अनुमति अमेरिकी सरकारले दिएको थियो ।
अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले सन् २०१९ को जुनबाट यो सुविधा खारेज हुने निर्णय गरेको जानकारी गराएको छ ।
यसबाट करिब ९ हजार नेपाली प्रभावित हुनेछन् । अमेरिकी सरकारले सूचना जारी गर्दै टीपीएस सुविधा लिएकाहरु एकवर्षभित्र आफ्नो हैसियत परिवर्तन गरेर बस्न सक्ने या त्यो अवधिमा नेपाल फर्किनुपर्ने जनाएको छ ।
२४ जुन २०१९ देखि यो सुविधा पूर्ण रुपमा खारेज हुनेछ । नेपालमा २०७२ साल अर्थात् सन् २०१५ मा गएको भूकम्पमा जिवन बिताउन समस्या परेको भन्दै अमेरिकाले टीपीएस सुविधा प्रदान गरेको थियो ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिश्जेन एम नेलसनले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएकी हुन् ।

विज्ञप्तिमा भूकम्पपछि अहले नेपालको अवस्थामा सुधार आएको पनि उल्लेख गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा पनि नेपालले ठूलो प्रगति गरेको उक्त विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा यो १२ महिना अर्थात् एक वर्षले नेपाललाई आफ्ना नागरिकको पुनः भर्ना र व्यवस्थापन गर्न सक्ने प्रशस्त समय रहेको उल्लेख गरिएको छ ।

यसअघि नै अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले अस्थायी बसोबासको अनुमति खारेज गर्ने निर्णय गरेपछि अमेरिका बस्दै आएका करिब नौ हजार नेपालीलाई घर फर्काइने बताइएको थियो । अमेरिकामा बसोबास गर्दै आएका विदेशी नागरिकहरुलाई निष्कासन गर्ने ट्रम्पको नयाँ नीति अन्र्तगत सो फैसला सुनाइएको द वासिङटन पोस्टले केही दिनअघि आफ्नो अनलाइन संस्करणमा जनाएको थियो ।

सन् १९९० मा कांग्रेसले प्राकृतिक प्रकोप लगायत अन्य आपत्कालिन् स्थिति आइलाग्दा विस्थापित नागरिकलाई फेरि उनीहरुकै देश पठाउनबाट बचाउन टीपीएससेवा सुरु गरेको थियो । तर आप्रवासीको मुद्दामा निकै कडा रुपमा प्रस्तुत हुँदै आइरहेको ट्रम्प प्रशासनले यसअघि नै धेरैपटक टीपीएस सेवालाई चाँडो भन्दा चाँडो खारेज गराउन जोड दिँदै आएको छ । ट्रम्पका अनुसार टीपीएसको उद्देश्य आप्रवासीहरुलाई लामो समयसम्म बसोबासको सुविधा दिलाउनु होइन । नेल्सनले आगामी मे ६ भित्रमै टिपिएस सेवा अन्र्तगत दुइ दशकभन्दा बढी समयसम्म अमेरिकामै बसोबास गर्दै आएका ५७ हजार विदेशी नागरिकलाई निकाल्नेबारे निर्णय लिइसक्नुपर्ने बताएकी छन् ।

ट्रम्प प्रशासनले भने यसअघि नै सो सेवा रद्द गराउने संकेत दिइसकेको छ । २०७२ सालको महाभूकम्पपछि करिब १५ हजार नेपालीहरुलाई टीपीएस सेवा प्रदान गरिएको थियो । तर त्यसमध्ये अहिले ९ हजार मात्र अमेरिका बसोबास गर्दै आएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपालीहरु मुख्यगरी न्युयोर्क सिटीको आसपास क्षेत्रमा बसोबास गर्दै आएको बताइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’