पर्वतको मोदी गाउँपालिका ५ बाउसेमा बस दुर्घटना, २१ जना घाइते

 सुवास लामिछाने, पर्वत /पर्वतको मोदि गाउँपालिका–५ बाउसेमा आज साझ बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तिलाहारबाट बाजङु जादै गरेको यात्रु सवार ग १ ख ६२६९ नम्बरको बस साझ ४ः२० बजे दुर्घटनामा परेको हो । घाइते २१ जना मध्ये ९ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने बाकि १२ जनाको पोखरा मनिपाल अस्पतालमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ । घाईते मध्ये धेरैजसोको टाउको र हातखुट्टामा चोट लागेकोे छ । भने घाईतेको अबस्था सामान्य रहेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार गाडीमा ३५ जना यात्रु सवार थिए भने चालकले घुम्ती मोड्ने बेला दुर्घटना भएको अनुमान गरिएको छ । घाइते हुनेमा मोदि गाउँपालिका आसपासका यात्रुहरु रहेका छन् । गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’