६८ बर्षे बृद्धबाट २८ महिने बालिका बलात्कृत

पर्वत : मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा २८ महिने बालिकाको बलात्कार भएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङमा परेको उजुरी अनुसार ६८ वर्षीय लालप्रसाद शेरचनले नाबालिकालाई बलात्कार गरेका हुन्। बालिकाको घरमा गइरहने शेरचनले गएको शनिवार बालिकाको बुबा र आमा घरमा नभएको मौका छोपी बालिकालाई जबरजस्ती करणी गरेको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए।

अाफू घरबाहिर दाउरा चिर्दै गर्दा शेरचनले बालिकालाई काखमा खेलाइरहेकाे बालिकाकी आमाले बताएकी छिन्। एक्कासी बालिका रोएको आवाज सुनेर घरभित्र पस्दा शेरचनले करणी गर्दै गरेको दृष्य देखेको उनले बताइन्। लगत्तै शेरचन त्यहाँबाट भागेका थिए। बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय लेतेलाई मौखिक जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।

करणी मुद्दाका अभियुक्त सात वर्षपछि पक्राउ

जिल्ला अदालत जोमसोमबाट जबरजस्ती करणीमा मुद्दामा कैद सजाय सुनाइएका एक अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ। २०६३ सालमा जबरजस्ती करणी मुद्दामा धरौटी तारिखमा छुटेका घरपझोङ गाउँपालिका ३ स्याङ बस्ने ६४ वर्षीय धनबहादुर थकालीलाई २०६८ सालमा पुनःजिल्ला अदालत मुस्ताङले १० वर्ष कैद सजाय तोकेको थियो। अदालतले कैद सजाय तोकेपछि फरार रहेका थकालीलाई प्रहरीले सातवर्षपछि मुस्ताङबाटै पक्राउ गरेको हो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी