गृह मन्त्रालयले गर्‍यो ६० सीडीओको सरुवा , पर्वतको प्रजिअमा ढकाल, पन्थीको कास्कीमा सरुवा

काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा धेरैजसो प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

मन्त्रालयको सरुवा सूची अनुसार पर्वतमा प्रमुख जिल्ला अधिकारीमा गुरुदत्त ढकालको सरुवा भएको छ भने पर्वतमा कार्यरत प्रजिअ राजेश पन्थीको कास्कीमा सहायक प्रजिअमा सरुवा भएको छ । पर्वतमा आउन लागेका नयाँ प्रजिअ ढकाल स्याङ्गजाको आँधीखोला गाउँपालिका पातीखोलाका स्थायी बासिन्दा हुन । यसैगरी बागलुङ्गमा कामु प्रजिअका रुपमा शेषनारायण पौडेलको सरुवा भएको छ । म्याग्दीमा प्रजिअको रुपमा लिलाधर अधिकारीको सरुवा भएको छ । म्याग्दीका प्रजिअ कृष्णप्रसाद अधिकारीको कारागार ब्यबस्था बिभागको निर्देशकमा सरुवा भएको छ। मुस्ताङ्गका प्रजिअ रामचन्द्र तिवारीको त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएको छ भने मुस्ताङ्गमा नयाँ सिडीयको रुपमा शिशीर पौडेलको सरुवा भएको छ। यसअघि पर्वतको सिडीयो भैसकेका झंकनाथ ढकालको गृहमन्त्रालयबाट लमजुङ्गको सिडीयोको रुपमा सरुवा भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी