पार्टी नीति बाहिर काम गरेमा कारवार्र्ही गर्ने जनप्रतिनिधीलाई एमाले पर्वतको चेतावनी

पर्वत । पार्टीबाट बिजयी भएका जनप्रतिनिधीले पार्टीको निर्देशन विपरित काम गरेको भन्दै आलोचना भईरहेको बेला नेकपा एमाले पर्वत स्थानीय विकास विभागले जनप्रतिनिधीहरुलाई समृद्ध नेपाल बनाउने अभियानमा लाग्न र पार्टीको घोषणापत्र अनुसार काम गर्न निर्देशन दिएको छ ।

लोकतन्त्र दिवसको अवसरमा आयोजित पार्टी र जनप्रतिनिधीको सम्बन्ध र सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दैै सांसद पदम गिरीले पार्टीले लिएको सुखी नेपाली समृद्ध नेपाल भन्ने मुल मर्मलाई आत्मसाथ गरि निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गर्ने कार्यक्रम तय गर्न निर्देशन दिनुभयो ।

उहाँले पार्टीले स्थानीय तहदेखि संघीय सांसदसम्म हाँसिल गरेको बिजयले थप जिम्मेवार बनाएको बताउँदै यस्तो अवस्थामा पनि जन चाहना अनुसारका काम गर्न नसकेमा जनताले माफी नदिने बताउनुभयो । उहाँले पार्टीको घोषणापत्र र नीति अनुरुप काम गर्न निर्देशन दिनुभयो । जनताले दिएको मतको सम्मानलाई अपमान गर्ने छुट कसैलाई छैन, गिरीले भन्नुभयो, पार्टीको निर्देशन विपरित जानेलाई कारवाही हुन्छ ।
उहाँले पार्टी भन्दा ठुलो जनप्रतिनिधि हुन नसक्ने बताउँदै पार्टीका मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीले टिकट दिएर चुनाव जित्ने त्यसपछि पार्टी हित विपरित काम गर्ने छुट कसैलाई छैन उहाँले भन्नुभयो । उहाँले पार्टी रहेमात्र जनप्रतिनिधि रहने भएकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले आफु जुन दलले टिकट दिएर निर्वा्चित भएको हो त्यो दलसँगको अन्तरसम्वन्ध प्रभाकारी हुनुपर्नेमा जोड दिनुभयो । नागरिकलाई सेवा दिने क्रममा निष्पक्ष भएर सेवा दिनुपर्नेमा जोड दिँदै पौडेलले जनप्रतिनिधिका हरेक महत्वपुर्ण निर्णयहरु पार्टीको निर्देशन अनुसार हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवरले पार्टी र जनप्रतिनिधीका भावना मिलेमा मात्र विकास निर्माले समेत गति लिने र पार्टीको मर्म अनुरुप काम हुनेमा जोड दिनुभयो । कार्यक्रममा संघीय मामिला विभागका सदस्य मेघनाथ सुवेदी ले पार्टीको घोषणापत्रलाई अक्षरसः पालना गर्न आग्रह गर्नुभयो । त्यस्तै पूर्व जिविस उपसभापती टिकाराम भुसालले एमालेले विगतका स्थानीय निकायमा गरेको विकास निर्माणका कार्यले जिल्लामा पार्टी स्थापित बनेको धारणा राख्नुभएको थियो ।

नेकपा एमाले स्थानीय विकास विभागका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुस्मा नगरपालिकामा रहेका पार्टीका वडा कमिटि तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्थानीय विभाग सदस्य रुद्र केसीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’