चीनले गरेको अद्भूत बिकासको नमुना हेर्नुस यी चार तस्बिरमा
काठमाडौँ: कम्युनिस्ट पार्टीको शासन रहेको उत्तरी छिमेकी चीनले गरेको तीब्र विकास सिंगो विश्वका लागि एउटा पाठ बनिरहेको छ ।
राष्ट्रपतिमा सी जिनपिङ आएसँगै चीनले विकास पूर्वाधारमा खर्बौँ डलर लगानी गरिरहेको छ। विश्वले कल्पना नगरेको १२ महिना हिउँ जम्ने ठाउँमा रेल कुदाएको छ भने डरलाग्दा भीरका टाकुरामा पर्यटकको भीड लगाएको छ ।
चीनको विकासका यस्तै लोभ लाग्दा तस्बिर हामी यहाँ प्रस्तुत गर्दैछौँ । मध्य चीनमा बाओट्यु-माओमिङ एक्प्रेस हाईवेका केही तस्बिरले तपाईँलाई सोच्न बाध्य बनाउँछ, यस्तो विकास पनि सम्भव छ, यस्तो पूर्वाधार पनि सम्भव छ ?
हो, चीनले हुनान प्रान्तका दुई ठाउँमा यस्तै विशाल सडक संरचना बनाइरहेको छ । चीनले हुनान प्रान्तस्थित बाओट्यु-माओमिङ एक्प्रेस हाईवेसँगै योङ्शुन-जिसोहु राजमार्ग निर्माणमा पनि अर्बौ लगानी गरेको छ ।
चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सबाट साभार गरिएका यी तस्बिरले विकासको लोभलाग्दो मोडल नै देखाउन सफल भएका छन् । ग्लोबल टाइम्सले लिएका यी राजमार्गका एरियल फोटो हेर्नुस्